ghar sansar

सुनचाँदी व्यवसायीले शुक्रबार सदरमुकाममा गर्दैछन् शक्ति प्रदर्शन

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर जिल्लाभरका सुनचाँदी व्यवसायी शुक्रबार सदरमुकाम महेन्द्रनगरमा आउन लागेका छन् । कर खारेजी सहितका माग राखेर व्यवसायीहरु कारोबार गरी आन्दोलित छन् । कर खारेजीका लागि शुक्रबार हुन लागेको प्रदर्शनमा सहभागी हुन जिल्लाभरका व्यवसायी महेन्द्रनगर आउन लागेका छन् ।

शुक्रबार महेन्द्रनगर बजारमा व्यवसायीहरुले बृहत प्रदर्शन सहित ¥याली आयोजना गर्ने तयारी गरिएको छ । यस अघि जेठ ३० गते व्यवसायीहरुले बजारमा ¥याली गरी प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुझाएका थिए ।

,orning glory badhai

त्यसपछि असार १५ गतेदेखि व्यवसायीहरुले आफ्नो पसल बन्द गरी कारोबार ठप्प पारेका छन् । कारोबार ठप्प पारेका उनीहरु आफना माग पूरा गराउन सरकारलाई दबाव दिन शुक्रबार प्रदर्शन गर्न लागेका हुन् ।

‘अहिले हामी हाम्रो व्यापार व्यवसाय कारोबार सबै बन्द गरेका छौ, हाम्रो माग पूरा गराउन सरकारलाई दबाव दिँदै आएका छौ, त्यसै क्रममा शुक्रबार जिल्लाभरका व्यवसायी सहभागी भएर बृहत ¥याली आयोजना गर्छौ’ कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरत बहादुर सुनारले भने ।

dirghayi clinic

अध्यक्ष सुनारका अनुसार ¥याली बजार परिक्रमा गरी मदनचोकमा कोण सभा गरी समापन हुने कार्यक्रम छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुनमा लगाएको २ प्रतिशत विलासित र हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अधिकृत हटाउनु पर्ने लगायतका माग राखेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीहरुले सुनको भन्सार दर ६ प्रतिशत कायम हुनु पर्ने र सुन चाँदी कारोबार सम्बन्धि ऐन बनाउनु पर्ने माग अघि सारेका छन् ।

सुनचाँदी व्यवसायी महासंघ सहित संघसंस्थाको संयुक्त आन्दोलन कार्यक्रम अनुसार कञ्चनपुरका सबै क्षेत्रमा कारोबार बन्द गरिएको कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुनारले जानकारी दिए ।

‘यो हाम्रो केन्द्रीय कार्यक्रम हो, त्यस अनुसार महेन्द्रनगर सहित जिल्लाका सबै ठाउँमा पसल बन्द गरी प्रशासन कार्यालय पुगेका छौं’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...