

महेन्द्रनगर । पुख्र्यौली जिल्ला बैतडीमा पूजापाठ सकेर गृहमन्त्री रमेश रमेश लेखक महेन्द्रनगर आउन लागेका छन् । उनी आज राति महेन्द्रनगर पुग्न लागेको काँग्रेस कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्दले जानकारी दिए ।
गृहमन्त्री लेखक तीन दिन अघि पुख्र्याैली जिल्ला बैतडी पुगेका थिए । गृहमन्त्री भएपछि उनी पहिलो पटक पुख्र्याैली जिल्ला पुगेका हुन् । बैतडीमा उनले राजनीतिक तथा प्रशासनिक भेटघाट समेत गरेका छन् । उनले बैतडीमा त्रिपूरा सन्दुरी, जगन्नाथ मन्दिर सहित प्रमुख शक्तिठिहरुमा पूजापाठ गरेका छन् ।
दशरथ चन्द नगरपालिकाको आइत गाउँ गृहमन्त्री लेखकको पुख्र्यौली जिल्ला हो । गृहमन्त्री कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद हुन् । काँग्रेस केन्द्रीय सदस्य लेखक २०७९ को निर्वाचनमा साँसद निर्वाचित भएका थिए ।
नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज सिह मुस्कानले गृहमन्त्री लेखकले आइतबार विहान दोधारा चाँदनीस्थित निर्माणाधिन सुख्खा बन्दरगाह र महाकाली नदीमा नेपाली सेनाले बनाएको गाइड बण्ड निरीक्षण गर्ने कार्यक्रम भएको जानकारी दिए ।

गृहमन्त्री लेखक आइतबार साँझ काठमाडौं फर्किने कार्यक्रछ ।
यसैबीच बैतडी प्रहरी कार्यालय निरीक्षण
गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय, बैतडीमा निरीक्षण गरेका छन । लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
निरीक्षणका क्रममा लेखकले जिप्रकालगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्तिसुरक्षाका अवस्थामा जानकारी लिएका छन ।
गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।
उनले भने, “जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र व्यारेक भवन निर्माण आवश्यक बजेट पहलका लागि आग्रह गरेका छौँ ।” जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने बताएका छन । गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्तिसुरक्षाका बारेमा पनि जानकारी लिए ।
