
भुकुटी माविमा इलेक्ट्रिकल इन्जिनियरिङ्ग पढ्ने पाँच विद्यार्थीलाई छात्रबृत्ति, सुदूरपश्चिमभरि भर्ना अभियान चलाउने

महेन्द्रंनगर । भृकुटी माध्यमिक विद्यालयले इलेक्ट्रिकल इन्जिनियरिङ्ग पढ्न आउने पाँच जना विद्यार्थीलाई छात्रबृत्ति दिने भएको छ ।
विद्यालय व्यवस्थापन समितिले विद्यालयबाट एसइई उत्तीर्ण तीन, बाहिर विद्यालयका कमजोर अवस्था भएका र उत्कृष्ठ नतिजा भएका एक÷एक जनालाई छात्रबृत्ति दिने निर्णय गरेको हो ।

भृकुटी माविमा तीन वर्षे डिप्लोमा इन इन्जिनियरिङ्ग र १८ महिने प्रि डिप्लोमा इन इन्जिनियरिङ्ग विषयको पठनपाठन हुन्छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीले विद्यालयले नयाँ प्याकेज अन्र्तगत छात्रबृत्ति दिने निर्णय गरेको जानकारी दिए ।
व्यवस्थापन समितिले सुदूरपश्चिमभरि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

