ghar sansar

बन्साहामा पैदल यात्रीलाई ठक्कर दिएर बस पल्टियो, पैदल यात्रीको मृत्यु

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १ स्थित बन्साह तल्लोचौराहमा बिहीबार सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।

बेलौरीबाट मग्नीका लागि कृष्णपुरतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख ९२९ नम्बरको रिजर्भ बसले सडकछेउमा हिँडिरहेकी ५५ वर्षीया द्रोपती भट्टलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

dirghayi clinic

उपचारका लागि तत्काल धनगढीस्थित निसर्ग अस्पताल लगिएकोमा उपचारकै क्रममा भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक भट्ट शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ स्थित गणेशपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा हुन् । शव हाल सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

दुर्घटना हुँदा बस सडक बाहिर पल्टिएको भए पनि बसमा सवार अन्य यात्रुहरू भने सकुशल रहेका छन् । दुर्घटनापछि बस चालक र बसलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले बताए । उनका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...