

महेन्द्रनगर । बिहिवार बेलौरीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१–९२९ नम्बरको बसको ठक्करले मृत्यु भएकी बन्साहका ५५ वर्षीय द्रोपती भट्टको परिवारलाई क्षतिपूर्ति माग गर्दै स्थानीय सडक अवरुद्ध गरेका छन् ।

मृृतक महिलाको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दे स्थानीयहरू आन्दोलित बनेका हुन् । महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका स्थित कलुवार बजार क्षेत्रमा स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् भने मालवाहक गाडीहरू बाटोमा नै थन्किएका छन् । प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सहमति जुट्न नसकेको जनाएको छ ।
