ghar sansar

कृष्णपुरमा लगनपछिको पोते

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले आइतबार लगनपछिको पोते नेपाली उखानसित ठयाक्कै मिल्ने गरी एउटा निर्णय गरेको छ । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउपढी गोठमा सर्पले टोकेर ज्यान गएपछि नगरपालिकाले छाउगोठ हटाउने निर्णय गरी सार्वजनिक सूचना गरेको छ ।

कृष्णपुरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले जारी सूचनामा छाडगोठ हटाउन १५ दिने अल्टिमेटम दिएका छन् ।

भारतमा श्रीमानसंगै मजदुरी गर्र्दै आएकी आउजीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको थियो ।

शुक्रबार साँझ महिनावारी भएपछि उनी छिमेकी जेठाजु सुके आउजीको घरमा बनाइएको छाउगोठमा सुत्न गएकी थिइन् । उनलाई छाउगोठमा सर्पले टोकेको थियो । उनका तीन सन्तान घरमै सुतेका थिए । भारतमा मजदुरी गरी उनले कच्ची घर बनाएकी छन् ।

स्थानीयका अनुसार करेत सर्पले उनको बाँया गालामा टोको थियो । सर्प उनको विस्तार नजिक घुमि रहेको अवस्थामा भेटिएको थियो ।

dirghayi clinic

स्थानीय सुचित्र शाहका अनुसार राति करीब साढे १२ बजे सर्पले कमलालाई डसेको जानकारी आएपछि राति अटो रिक्सा खोजेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाइएको थियो ।

प्रादेशिक अस्पतालमा बिरामीको चापका कारण आईसीयू र भेन्टिलेटर खाली थिएनन् । झन्डै डेढ घण्टापछि कमलालाई आईसीयूमा राखेर उपचार सुरु गरिएको शाह बताउँछन् ।

‘सर्पले डसेपछि राति नै हामीलाई खबर गरिएको थियो । हामीले तत्काल अटोरिक्सामा राखेर प्रादेशिक अस्पताल पुगाएका थियौं’, शाहले भने, ‘त्यहाँ आईसीयू र भेन्टिलेटर खाली थिएन । डेढ घण्टापछि मात्र आईसीयूमा राखिएको थियो । तर उहाँलाई बचाउन सकेनौ ।’

शनिबार साँझ ८ बजे निधन भएको शाहले बताए । उनको मृत्युपछि तीन छोरा टुहुरा भएका छन् । उनी छोरालाई पढाउन भारतबाट घर फर्किएकी थिइन् ।

मृतक कमलाको शव भने सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । पुरनले आफू घर पुगेपछि शव बुझ्ने बताइएको छ । उनको पुख्र्यौंली घर अछामको मेल्लेख गाउँपालिका–८ हो ।

महिनावारी भएका बेला घरमा सुत्यो भने देवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण महिलाहरु अझै पनि छाउगोठमा सुत्ने गरेका छन् ।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले छाउपडी भएका बेला छाउगोठमा सुत्ने गलत मान्यतालाई चिर्न गत वर्षदेखि सचेतनामुलक अभियान चलाइएर गोठ भत्काउने काम समेत गरिएको बताउँछन् ।

‘हामीलाई बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्याका रुपमा देखा परेको थियो । त्यसपछि वडाहरुमा छाउपडी कुप्रथाविरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थियौं,’ ओझाले भने, ‘वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको थियो तर अझै यो प्रथा कायमै हुँदा दुःखद घटना व्यहोर्नुप¥यो ।’

 

Himal dental
सम्बन्धित
Loading...