ghar sansar

सवारी दुर्घटनामा घाइते पत्रकार जोशी पत्निलाई प्रेस चौतारी गर्यो आर्थिक सहयोग

khasi

महेन्द्रनगर । असार ६ गते बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत राउडी बजार नजिक भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी पत्रकार प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटीका सचिव दीपकराज जोशीकी धर्मपत्नी शारदा कुमारी जोशीलाई प्रेस चौतारीले आर्थिक सहयोग गरेको छ ।

dirghayi clinic

घटनामा सुप प्र ०१–००५५ नम्बरको मोटरसाइकल र सुप १००१–४३०९ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार जोशी गम्भीर घाइते भएकी थिइन् । उनी बझाङ जिल्ला अस्पतालमा अनमी पदमा कार्यरत छिन् र ड्युटी सकेर घर फर्किने क्रममा साँझ ७ बजेतिर दुर्घटना भएको थियो ।

हाल जोशीको उपचार सेती प्रादेशिक अस्पताल, धनगढीमा भइरहेको छ। घाइते अवस्थामै सेती अस्पतालमा उपचाररत जोशीलाई आज प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटी र प्रेस चौतारी कैलालीको टिमले अस्पतालमै पुगेर भेटघाट गरेको छ ।

प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको नेतृत्वमा पुगेको पत्रकारको टोलीले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...