

महेन्द्रनगर । कञ्चनपुरमा सर्पले डसेर दुई महिला घाइते भएका छन् । शुक्लाफाटा नगरपालिका २ ढकुनीकी ३० वर्षिया राजमाती बिष्टलाई घरभित्र सर्पले डसेको छ ।

बाँया हातमा सर्पले डसेकी विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ । यसैगरी भीमदत्त नगरपालिका १० जिमुवाकी २७ वर्षिया कमला जोशीलाई घर नजिकै घाँस काट्ने क्रममा सर्पले बाँया खुट्टामा डसेको हो । जोशीको पनि महाकाली प्रादेशिक अस्पताल उपचार भई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले घाइते दुबै महिलाको अवस्था समान्य भएको जानकारी दिए ।
