

महेन्द्रनगर । पुनर्वास नगरपालिका ६ का एक स्थानीयको उखुबारीमा पसेको अजिङ्गरलाई नियन्त्रणलाई लिइएको छ । मालिका टोलमा जङ्ग बहादुर सुनारले भाडामा लिएर उखु खेती लगाएको जमिनमा ६ फिट लम्बाई भएको अजिङ्गर भेटिएको छ ।

सुनारले स्थानीय महादेव भुसालबाट जमिन भाडामा लिएका हुन् । सव डिभिजन वन कार्यालय पचकडिया, जनप्रतिनिधि र स्थानीयले अजिङ्गर नियनत्रणमा लिएका हुन् ।
नियन्त्रणमा लिएपछि अजिङ्गरलाई नमुना महिला सामुदायिक वनमा छाडिएको छ । अजिङ्गर नियन्त्रणमा लिने क्रममा मालिका टोलका स्थानीय ४८ वर्षिय सोमराज बि.क. घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । विकको बाँया हातमा टोकेको छ । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भई रहेको छ ।
