ghar sansar

गड्डाचौकी अध्यागमनमा बढ्यो राजश्व संकलन, एक करोड पुग्यो

khasi

महेन्द्रनगर । गड्डाचौकीस्थित अध्यागमन कार्यालयको राजश्व बढेको छ । गत वर्ष भन्दा यस वर्ष झण्डै २४ लाख वृद्धि भएर एक करोड पुगेको हो ।

गत वर्ष ७६ लाख राजश्व संकलन भएकोमा यस वर्ष बढेको छ । कार्यालयले गड्डाचौकी नाका भएर नेपाल आउने पर्यटकहरुबाट भिसा शुल्क दस्तुर वापत राजश्व संकलन गर्दै आएको छ ।

कार्यालयका वरिष्ठ अध्यागमन सहायक दिपिका विष्टले चालु आर्थिक वर्षको असार ३२ गते दिउँसोसम्म एक करोड राजश्व पुगेको जानकारी दिइन् ।

dirghayi clinic

‘यो अहिले(दिउँसो) सम्मको मात्रै हो, अझै यसमा बढ्छ’ उनले भनिन् ।

गड्डाचौकी नाकाबाट हालसम्म दुई हजार सात सय ८१ पर्यटक आगमन र प्रस्थान भएका छन् । यसमा एक हजार ६ सय ५७ जना नाकाबाट नेपाल आएका हुन् ।

वरिष्ठ अध्यागमन सहायक विष्टका अनुसार गड्डाचौकीबट थाइलैण्ड, स्पेन, फ्रान्स, रसिया लगायतका देशका सबैभन्दा बढी पर्यटक आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...