ghar sansar

सुप विश्वविद्यालय सेवा आयोगमा सत्ता गठबन्धनको भागबण्डा, काँग्रेसलाई अध्यक्ष, सदस्यमा एमाले

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता साझेदार एमाले काँग्रेसले सुदूरपश्चिम विश्वविद्यालयको सेवा अयोगमा भागबण्डा गरेका छन् । आयोग अध्यक्षमा विश्वविद्यालयका पूर्व प्राध्यापक यज्ञराज भट्ट नियुक्त भएका छन् । भट्ट मानविकी तथा सामाजिक शास्त्र संकायका पूर्व प्राध्यापक हुन् । उनी काँग्रेस कोटामा अध्यक्ष भएका हुन् ।

सत्तारुढ एमालेबाट प्रा.डा. तारादत्त भट्ट सदस्य नियुक्त भएका छन् । एमाले कोटाका भट्ट त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।

,orning glory badhai

यस अघि प्रा.डा. पूर्ण बहादुर चन्द सेवा आयोग अध्यक्ष थिए । उनी एमाले कोटामा सेवा आयोग अध्यक्ष भएका थिए ।
तीन सदस्य आयोगमा अर्का लोक सेवा आयोगका प्रतिनिधि सदस्य हुने प्रावधान छ ।

विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार, परीक्षा नियन्त्रक, डीन लगायतका पदाधिकारी यस अघि भागबण्डामा नियुक्त गरिएका हुन् । आयोगका निवर्तमान अध्यक्ष चन्द अघि प्राध्यापक राम प्रसाद घिमिरे अध्यक्ष थिए ।

सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. हेमराज पन्त उपकुलपति र प्रा.डा. विनोद लेखक रजिष्ट्रार छन् । उपकुलपति पन्त काँग्रेस र रजिष्ट्रार लेखक एमाले कोटाका हुन् ।

dirghayi clinic

विश्वविद्यालयमा पहिलो उपकुलपति बाहेक सबै काँग्रेस कोटाका छन् । विश्वविद्यालयका पहिलो उपकुलपति प्रा.डा. जयराज अवस्थी हुन् । उनी एमाले कोटामा उपकुलपति भएका थिए ।

अवस्थीपछि सबै उपकुलपति काँग्रेस कोटाका छन् । अवस्थीपछि प्राध्यापक भुषण श्रेष्ठ, प्रा.डा. अम्मराज जोशी र प्रा.डा. हेमराज पन्त उपकुलति भएका छन् । उनीहरु सबै काँग्रेस कोटाका हुन् ।

उपकुलपति पछि शक्तिशाक्ति मानिने रजिष्ट्रार पदमा यस अघि काँग्रेस कोटाका यज्ञराज पाठक थिए । निर्माण व्यवसायीलाई कार्यकाल सकिने बेला भुक्तानी दिन खोजेपछि उनी विवादमा तानिएका थिए ।

विश्वविद्यालय यस अघि प्राध्यापक हेमराज पन्त, द्विजराज भट्ट र यज्ञराज पाठक यस अघि रजिष्ट्रार भई सकेका छन् ।
यसैबीच विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विश्वविद्यालयको १३ औँ सभाको बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको हो ।

बैठकले विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो । कुलपति ओलीले विश्वविद्यालयको आर्थिक स्थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा गर्न निर्देशन दिए ।

साथै आर्थिक वर्ष २०८१–८२ को नियमानुसार लेखा परीक्षण गराउन पनि उनले निर्देशन दिए ।

Himal dental
सम्बन्धित
Loading...