ghar sansar

छाउपढी गोठमा सर्पले डसेर मृत्यु भएकी कृष्णपुरकी कमलाको परिवारलाई काँग्रेस क्षेत्रीय समितिको सहयोग

khasi

महेन्द्रनगर । छाउपढी गोठमा सर्पदंश लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईंका परिवारलाई बुधवार नेपाली कांग्रेस प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क) कञ्चनपुरले आर्थिक सहयोग प्रदान गरेको छ ।

पार्टीका प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क) का सभापति झङ्करबहादुर खडका(पुरन)को अगुवाइमा रहेको टोलीले २१ हजार पाँच मृतकका आश्रित परिवालाई प्रदान गरेको हो। कार्यसमितिका पदाधिकारीले मानवीय सेवा भावनाले स्वस्फूर्त रूपमा सङ्कलन गरेको रकम मृतकका श्रीमान् पुरन दमाईं, छोरा आयुष, आशिष र आदित्यलाई संयुक्त रूपमा प्रदान गरिएको सभापति खड्काले बताए ।

dirghayi clinic

उनले रुढीवादी परम्पराका कारण घरपरिवारका सदस्यको ज्यान जोखिममा पर्ने कूरीतिलाई बढावा दिने काम सभ्य समाजका लागि सैह्य नभएको बताए ।

’छाउपडीजस्तो ‘कु’ प्रथाको अन्त्यगरी छाउगोठ विस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ’, उनले भने, ’मृतकका परिवारजनमा संवेदना प्रकट गर्दछौँ । ’

समाजमा जरो गाडेर बसेको छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ मात्रै भत्काएर नहुने भएकाले रुढीवादी विचारले ग्रसित मानसिकतालाई परिवर्तन गर्न सचेतनाको आवश्यकता रहेको प्रदेशसभा कार्यसमितिका उत्तमराज भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...