ghar sansar

यति पनि गर्न नसक्ने कस्तो रहेछ बेलडाँडी गाउँपालिका

khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाकामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरी बजेट तथा कार्यक्रम पारित गरिएको पाइएको छ । यो स्थानीय सरकार सञ्चालन २०७४ को ६६ (१) विपरित हो । आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिकाले समिति गठन नगरी बजेट खर्च गरेको पाइएको महालेखा परीक्षक कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६(१) मा पालिकामा प्राप्त हुने आन्तरिक आय, राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम ऋण अनुदान र अन्य आयको प्रक्षेपण र त्यसको सन्तुलित वितरणका खाका र बजेट निर्धारण गर्न ७ सदस्यीय स्र्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गर्न पर्ने व्यवस्था छ ।

गाउँपालिका अध्यक्षको नेतृत्वमा समिति गठन गर्न पर्ने व्यवस्था छ । महालेखाले बेलडाँडीमा समिति गठन गरिएको नपाइएको प्रतिवदेनमा उल्लेख गरको छ । बेलडाँडीमा काँग्रेस कञ्चनपुरका उप सभापति हरिशचन्द्र राना गाउँ पालिका अध्यक्ष छन् ।

dirghayi clinic

समितिले बजेट प्रक्षेपण, सन्तुलित वितरणको खाका, बजेट निर्धारणको खाका, क्षेत्रगत सीमा निर्धारण, कार्यक्रमको प्राथमिकरण र विषयगत क्षेत्र योजना तर्जुमा मार्गदर्शन लगायतका कार्य बैशाख १० गतेभित्र गरि सक्नु पर्ने छ । समितिले बजेट प्रक्षेपण गर्दा आगामी दुई वर्षको पनि गर्न सक्ने प्रावधान छ ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत बैशाख १५ गतेभित्र पालिकाका विषयगत शाखा र वडा कार्यालयलाई बजेट सीमा अनिवार्य रुपमा पठाउनु पर्ने व्यवस्था छ ।

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनका विद्यमान प्रावधान पालना नगरी गत आर्थिक वर्षमा बजेट तथा कार्यक्रम बनाएको हो । महालेखाले कानुन पालना गर्न सम्बन्धित निकायको ध्यान जानु पर्ने राय प्रतिवेदनमा उल्लेख गरेको छ ।

गाउँपालिकाको गाउँ सभामा गत वर्ष ८१ करोड ८ लाख बजेट पेश पारित गरिएको छ । महालेखाले गाउँपालिकाको अबण्डा बजेट र रकमान्तरमा पनि प्रश्न उठाएको छ ।

गाउँपालिकाले गाउँ सभाबाट अबण्डा बजेट पारित गरी कार्यपालिकाका निर्णयका आधारमा योजना बनाएर खर्च गरेको छ । यसैगरी ठूलो रकम रकमान्तर गरिएको महालेखाको प्रतिवेदनमा छ ।

Himal dental
सम्बन्धित
Loading...