ghar sansar

एएसीसी युथ १६ पुरुष इष्ट जोन कप उपाधि विजेता टोलीका सदस्य रावललाई गृह नगरमा भव्य स्वागत

वडा अध्यक्ष खड्काले गरे २१ हजार नगद सहयोग गर्ने घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । एसियन क्रिकेट काउन्सिल (एसीसी) युथ १६ पुरुष इष्ट जोन कपको उपाधि जितेर फर्किएका नेपाली क्रिकेट टोलीका सदस्य शुशिल रावललाई शुक्लाफाँटा नगरपालिकामा आज भव्य स्वागत गरिएको छ ।

शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीका स्थायी बासिन्दा रावलको स्वागतमा स्थानीय वासिन्दा, जनप्रतिनिधि र युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

,orning glory badhai

नगरपालिकाका वडा नम्बर ५ का अध्यक्ष चक्रबहादुर खडकाले रावललाई खादा र फूलमालाले सम्मान गर्दै वडाका तर्फबाट नगद २१ हजार २५ प्रदान गर्ने घोषणा गरे ।

“प्रतिभावान खेलाडीलाई सम्मान गर्न पाउदा निकै गौरवको अनुभूती भएको छ” वडा अध्यक्ष खडकाले भन्नुभयो, “खेलाडीहरू देशको गौरव हुन, शुशिल लगायतका खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काइरहेका छन्, यस्ता प्रतिभालाई प्रोत्साहन गर्नु सबैको दायित्व हो ।” वडा र नगरपालिकाका तर्फबाट हुने सहयोगका लागि पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

dirghayi clinic

“मैले राष्ट्रको नाम उचो राख्ने सोचका साथ मैदानमा उत्रिएको थिए” शुशिल रावलले स्वागतप्रति आभार प्रकट गर्दै भन्नुभयो, “एसीसी युथ १६ मा उपाधि जित्नु मेरो जीवनकै गर्वको क्षण हो,आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको छु, यसका लागि तपाई सबैको सहयोग र हौसलाको आवश्यकत छ ।”

पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र भण्डारीले स्थानीय स्तरबाट उब्जिएका खेलाडीहरू देशको पहिचान बन्न सक्ने विश्वास व्यक्त गरे ।

“यहींको माटोमा हुर्केर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्रिकेट खेलाडी शुशिल वडा वा नगरको मात्रै गहना नभएर पूरै देशको सम्पतीका रुपमा रहेको उनले बताए । सामाजिक अभियन्ता शिवी लुहारले शुशिल रावलजस्ता प्रतिभाशाली युवा खेलाडीले नेपाललाई गौरवान्वित बनाएको बताए ।

उनले स्थानिय सरकार तथा समाजले यस्ता खेलाडीलाई अझै बढी हौसला, समर्थन र अवसर प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय खेलप्रेमी, शिक्षक, अभिभावक तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । क्रिकेट खेलाडी शुशिललाई फुलमाला, खादा, अविर संगै सगुनका रुपमा नगद रकम दिएर जनप्रतिनिधि र सर्वसाधारणले स्वागत गरेका थिए ।

यसैविच, वडा कार्यायले सामुदायिक विद्यालयमा अध्ययन गरेर एसइईमा ३ दशमलव २७ जिपिए ल्याउने दलि समुदायकै पहिलो विद्यार्थी अभिषेक लुहारलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष खडकाले छात्रबृतिका लागि हरसंभव प्रयास गरिने बचनवद्धता व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...