ghar sansar

रेडियण्ट माविमा वादविवाद प्रतियोगिता

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ स्थित रेडियन्ट माद्यमिक विद्यालयमा वादविवनाद प्रतियोगिता गरिएको छ । प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भए ।

विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दको अध्यक्षतामा कार्यक्रम गरिएको छ । ईन्टरनेट बरदान कि अभिषाप” भन्ने शीर्षकमा भएको प्रतियोगितामा कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुको एउटा समूह र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि अर्को समूह बनाएर प्रतिष्पर्धा गराईएको छ ।

,orning glory badhai

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको समूहबाट कक्षा ८ मा अध्ययनरत छात्रा सविता भण्डारी प्रथम, कक्षा ६ मा अध्ययनरत छात्र रिशेस जोशी द्वितिय र कक्षा ८ मा अध्ययनरत छात्रा प्रिति पन्त तृतिय भएका छन् ।

dirghayi clinic

त्यस्तै कक्षा ९ र १० का विद्यार्थीहरुबिच भएको प्रतियोगितामा कक्षा १० मा अध्ययनरत छात्रा करुणा पाल प्रथम, कक्षा १० मा अध्ययनरत छात्रा जानकी धामी द्वितिय र कक्षा ९ मा अध्ययनरत छात्रा स्मृति भट्ट तृतिय भएका छन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा विद्यालयका शिक्षिकाहरु जगदेश्वरी भट्ट र सुनिता कार्की थिए । कार्यक्रम सञ्चालन शिक्षक लोकेन्द्र भट्टले गरे ।

नियमित पढाईसँगै अतिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीहरुको बौद्धिक तथा तार्किक क्षमताको विकास गर्न बादबिबाद प्रतियोगिता महत्वपूर्ण हुने भएकाले विद्यालयले यस प्रकारका कार्यक्रम गर्दै आएको प्रिन्सिपल सूर्य बहादुर चन्दले बताए ।

    

Himal dental
सम्बन्धित
Loading...