ghar sansar

सिद्धनाथ मावि बडैपुरमा नव नियुक्त प्रधानाध्यापक चन्दको पदस्थापन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयका नव नियुक्ति प्रधानाध्याक जनक बहादुर चन्दको पदस्थापन गरिएको छ । माध्यमिक तृतीय तह गणित विषयका शिक्षक चन्दलाई असार ३२ गते बसेको विद्यालय व्यवस्थापन समितिको प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको थियो ।

बिहीबार विद्यालय ब्यवस्थापन समिति अध्यक्ष महेश दत्त भट्ट अध्यक्षतामा गरिएको कार्यक्रममा चन्दको पदस्थापना गरिएको छ ।

कार्यक्रममा भीनपा १३ का वडा सदस्य बालादेवी नाथ,दिपक बुढा,फुल परी,वि.ब्य.स सदस्य बलराम राना, व्यवस्थापन समितिका पूर्व अध्यक्ष खेम राज पन्त, निवर्तमान प्रधानाध्यापक जय बहादुर बिष्ट, पूर्व प्रधानाध्यापक खडक ऐडी,हाट बजार ब्यवस्थापन समिति अध्यक्ष शंकर सुनार लगायत शिक्षक, कर्मचारी सहभागी भएका छन् ।

dirghayi clinic

कार्यक्रममा विद्यालयका ज्येष्ठ शिक्षक राम प्रसाद भट्टले स्वागत मन्तव्य राखे । विद्यालयले तहगत प्रधानाध्यापक पाएकोमा आफू हर्षित भएको र थप शैक्षिक सुधारमा टेवा पुग्ने उनले विश्वास ब्यक्त गरे ।

वडा सदस्य दिपक बुढाले वडा कार्यालयबाट हुन सक्ने सक्दो सहयोगको लागि पछि नपर्ने प्रतिबद्धता जनाए । व्यवस्थापन समिति अध्यक्ष भट्टले विद्यालयको शैक्षिक,प्रशासनिक तथा भौतिक विकासका लागि आफू सदैव सकारात्मक रहेको बताए ।

यसैगरी नव नियुक्त प्रधानाध्यापक चन्दले धन्यवाद ज्ञापन गर्दै सबैको सल्लाह सुझाव,सहकार्यमा विद्यालयको समग्र अवस्था सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चन्द बझाङ्गको शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट जेठ १८ गते सरुवा भएर सिद्धनाथ मावि आएका हुन् । बझाङ्ग जान अघि उनले बैजनाथ माध्यमिक विद्यालयमा शिक्षण गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...