ghar sansar

प्यारातालमा सम्झिए मास्के, जसले पलिया बसेर गराएका थिए सीमा सर्भे

khasi

महेन्द्रनगर । नापी विभागका तत्कालिन महानिर्देशक मधुकर मास्केलाई शुक्रबार प्यारातालमा सम्झना गरिएको छ । झण्डै दुई दशक अघि मास्के नेतृत्वको प्राविधिक टोलीले प्याराताल सहित नेपालीको सयौ बिगाहा जमिन भारतमा पर्ने भारतीयलाई सीमा स्तम्भ बनाउन दिएको आरोप लागेको थियो ।

दुधुवा नेसनल पार्कसित जोडिएको प्याराताल कब्जामा लिने नियतले भारतीयले नेपाली प्राविधिक टोलीलाई आफ्नो पक्षमा लिएर नेपाली भूमि अतिक्रमण हुने गरी सीमा स्तम्भ बनाएको थियो ।

पुनर्वास नगरपालिका–९ बीचफाँटामा पर्ने प्याराताल पारी जंगलमा १९५ नम्बर सीमा स्तम्भ ढालेर १९६ नम्बरको सीमास्तम्भ वर्षौंदेखि भारतीय पक्षले गायब पारेको थियो ।

भारतीय पक्षले १९६ नम्बर सीमा स्तम्भ नेपाली भूमिमा गाडेपछि केही वर्ष अघि स्थानीयले भत्काएका थिए ।
पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नर बहादुर विकले नेपाली सीमाविद्ले भारतको पलियामा बसेर नेपालीमा सर्भे गरेको बताए । भारतीय पक्षले नेपाली मजदुर लगाएर नेपाली भूमिमा रातारात पिल्लर खडा गरेको अध्यक्ष विकले उल्लेख गरे ।

नेपाल भारत संयुक्त सीमा सर्भे टोलीमा नेपाली टोलीको नेतृत्वमा नापी विभागका तत्कालिन महानिर्देशनक मास्कले गरेका थिए ।

dirghayi clinic

‘२०६१÷०६२ तिरको कुरा हो, नेपाल भारत सीमा सर्भे हुँदै थियो, यो कसैलाई पनि थाह थिएन, त्यो सीमा सर्भे हुँदा सीमाविद् पलियामा बस्नु भयो, सीमा सर्भे चाहिँ हाम्रो नेपालमा भयो, देश त्यति बेला आन्दोलनमा थियो, त्यति बेला कसैलाई पनि के हुँदैछ भन्ने थाह थिएन’ नेपाल पत्रकार महासंघ कञ्चनपुरले शुक्रबार प्यारातालमा गरेको बैठकमा उनले भने, ‘दिपेन्द्रजी लगायत साथीहरुले हाम्रो भूभाग अतिक्रमण हुँदैछ भनेर उजागार गरेपछि कञ्चनपुर जिल्लाभरबाट आएर, जुन जंगे पिल्लर खडा गरिएका थिए। त्यसलाइ भत्काउन सफल भयौ ।’

प्याराताल क्षेत्र दुई लाख ५० हजार वर्ग मिटर छ । भारतीय पक्षले १९६ नम्बरको पिल्लर नेपाली भूमिमा बनाएर स्थानीयको दुई सय बिघा जमिन कब्जा गर्न खाजेको स्थानीय बताउँछन् ।

दुई दशक अघिको सीमा सर्भेपछि प्याराताल पारी दक्षिण ५ सय मिटर जंगलमा भएको १९५ पिलर समेत ताल नजिक सारिएको छ । ६ किलोमिटर लम्बाइको तालको पूर्वपट्टिको झण्डै एक किलोमिटर क्षेत्रमा भारतीय पक्षले दावी गर्दै आएको वडा अध्यक्ष विकले बताए ।

१९५ र १९६ नम्बरका सीमास्तम्भ अंग्रेजी अक्षरको ‘सी’ आकारमा रहेकाले ती दुवै पिलर गायब गर्नेबित्तिकै पिलर नम्बर १९४ बाट पिलर नम्बर १९७ मा नक्सा बनाउँदा प्याराताल लगायत करिब दुई सय बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने स्थानीय बताउँछन् ।

२०६१ सालमा भारतीय पक्षले प्यारातालभन्दा पाँच सय मिटर दक्षिण रहेको १९६ नम्बरको सीमास्तम्भ गायब पारेर पुनर्वास नगरपालिका–८, कंकड नजिक नेपाली बस्तीमा नक्कली पिलर निर्माण गरेको थियो।

ढालिएको १९५ नम्बरको सीमास्तम्भ जीर्ण बनेको छ । भारतीय एसएसबीले सीमा स्तम्भसम्म जान दिँदैन । पत्रकार महासंघ बैंठकमा पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्माले प्याराताल संरक्षण र संवद्र्धनका कार्यक्रम अघि बढेको बताए ।

Himal dental
सम्बन्धित
Loading...