

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटान क्षेत्रमा शनिबार विद्यार्थीहरुले सरसफाई गरेको छ । भीमदत्त नगरपालिका १८ वडा स्तरीय सुनौलो भविष्य बाल क्लबले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराएर सरसफाई गरेको छ ।
क्लबले गत महिनादेखि सरसफाई अभियान सञ्चालन गर्र्दै आएको छ । शनिबार सरसफाई अभियानलाई निरन्तरता दिएर रेडियन्ट कलेज आशपास क्षेत्रमा सरसफाई गरिएको छ ।


क्लबका अध्यक्ष भावेश ओझाले सरसफाई कार्यक्रममा क्बल आवद्ध विभिन्न विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी भएको जानकारी दिए ।
सरसफाईका क्रममा सहभागीहरुले त्यस क्षेत्रका पसलधनीलाई फोहर संकलनका लागि डस्टबिन व्यवस्था गरि दिन आग्रह गरे ।
‘सरसफाईका क्रममा पसलधनीलाई फोहर फाल्न डस्टबिन राखि दिन आग्रह ग¥यौ, अन्य व्यक्तिलाई फोहर फैलाउन कार्य रोकि दिनु भनेर आग्रह ग¥यौ’ अध्यइा ओझाले भने ।

