ghar sansar

सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठान भवन निर्माणका लागि सहयोग संकलन गरिने

khasi

महेन्द्रनगर । सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठान भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरिएको छ ।

शनिबार महेन्द्रनगरमा बसेको सहिद लछी राजपुत दयाल स्मृति प्रतिष्ठानको बैठकले भवन निर्माणका लागि सहयोग संकलन गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी पञ्चेश्वर गाउँपालिका ५ का तेज दयालले एक लाख र मेलौली १ देहिका नरेन्द्र दयालले पचास हजार भवन निर्माणका लागि सहयोग गर्ने घोषण गरेका छन् ।

dirghayi clinic

संविधान सभा सदस्य पुरन सिह दयालको प्रमुख आतिथ्यमा बसेको बैठकमा प्रतिष्ठानले हालसम्म गरेका कामकाज, निर्णय कार्यान्वयन सहित आगामी योजनाबारे छलफल गरी निर्णय गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष नरेन्द्र दयालले बैठकको अध्यक्षता गरे । बैठकमा प्रतिष्ठानका पदाधिकारी, सदस्य सहित अगुवाहरु सहभागी भएको सहभागी अर्जुन दयालले जानकारी दिए ।

यसै गरी शनिबार काठमाण्डौमा पनि प्रतिष्ठानका अध्यक्ष हरि दयालको अध्यक्षतामा बैठक बसेको छ ।

आर्थिक संकलन , सदस्यता वितरण कार्यलाई तीब्र गतिमा आगाडी बढाउने निर्णय सहित परिवारका आग्रज ब्यक्तित्व स्वर्गिय मन्धिर दयाल ( चौठ्या दयाल कोष कोसाध्यक्ष) ज्यु कि धर्मपत्नि दयाल परिवारका ज्येष्ठ नागरिकबाट उनको श्रीमानले दयाल परिवारलाई पुगाएको योगदानको कदर गर्दै संमान गरेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...