

महेन्द्रनगर । उच्च अदालत दिपायल महेन्द्रनगर इजलाशका न्यायाधीश उज्वल शुक्लाको प्रमुख आतिथ्यतामा मानव अधिकार शिक्षा कार्यक्रम गरिएको छ ।
नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनले संयुक्त रुपमा आयोजना गरेको छ । कार्यक्रमको संयोजन महेश चन्द र सञ्चालन गोबिन्द प्रसाद ढकालले गरे ।

कार्यक्रममा अधिवक्ता दिनेश त्रिपाठी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्री विशिष्ठ अतिथि थिए ।
संविधानमा उल्लेखित मौलिक हक र मानव अधिकारसम्बन्धी जानकारी दिँदै प्रशिक्षक ढकालले भने, “कुनै एक ठाउँमा भएको अन्याय सम्पूर्ण समाजमाथि भएको अन्याय हो। स्वतन्त्रताको चाहना आफैंदेखि सुरु हुन्छ, त्यसपछि मात्र अरूको साथ पाइन्छ।”
वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधान, मानव अधिकार र नागरिक चेतनाबारे सन्देशमूलक विचार राख्दै यस्ता कार्यक्रमहरूले कानुनी चेतना अभिवृद्धिमा टेवा पुगाउने बताए ।
