ghar sansar

दोधारा चाँदनीमा वडा अध्यक्ष आफैंले गरे झाडी फडान

khasi

महेन्दनगर । दोधारा चाँदनी नगरपालिका २ का वडा अध्यक्ष पदम सिह रावल आफै झाडी फडानमा खटिएका छन् । वडा कार्यालयले मंगलबार वडा भरि गरेको बृहत सरसफाई तथा जनचेतनामुलक कार्यक्रममा बाटाघाट, सडक, झाडी लगायतका क्षेत्रमा सरसफाई गरिएको छ ।

ती सबै ठाउँमा वडा अध्यक्ष रावल सहभागी भएर सरसफाई गरेका छन् । सरसफाई कार्यक्रमपछि वडा अध्यक्ष रावलले वडाका विभिन्न स्थानमा झाडी कारण समस्या भएपछि फडान गरी सरसफाई गरिएको बताए ।

dirghayi clinic

झाडी फडान गर्दा वडा अध्यक्षका हातमा ठेला परेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले उनले पत्रकारहरुलाई ती ठेला देखाए ।

सरसफाई कार्यक्रमलाई प्रहरी, शिव महिला कृषक समूह, उत्थानशिल युवा सञ्जाल, नगर प्रहरी र स्थानियले साथ दिएका छन् ।

वडा अध्यक्ष रावलका अनुसार मूल सडकको एक किलोमिटर क्षेत्रमा झाडी फडान ग र सरसफाई गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...