

महेन्द्रनगर । नेपाल एथलेटिक्स संघ कञ्चनपुरको अध्यक्ष उमेशराज पाण्डेय चयन भएका छन् । संघको तेस्रो जिल्ला अधिबेशनबाट पाण्डेयको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।
११सदस्यीय समितिको उपाध्यक्षमा राजेन्द्र आग्री, सचिव प्रमानन्द जोशी र कोषाध्यक्ष सरोज भण्डारी चयन भएका छन् । संघमा धनञ्जय जोशी, खडक बहादुर साउँद, रविन्द्रराज ओझा, सचिन डगौरा र बसन्ती कार्की सदस्य चयन भएका छन् ।

जिल्ला खेलकूद विकास समितिका कार्यलय प्रमुख गोपाल दत्त भट्टको प्रमुख आथित्य र कञ्चनपुर जिल्दला फुटबल संघका महासचिव नितेश रावलको विशिष्ट आथित्यमा भेला गरिएको छ ।
