ghar sansar

दोधारा चाँदनीमा वडा रोकायाले घरदैलोमा पुगेर गरे विपन्नलाई परिवारलाई खाद्यान्न सहयोग

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ का वडा अध्यक्ष ओम प्रकाश रोकायाले व्यक्तिगत रुपमा स्थानीयलाई सहयोग गरेका छन् । कमजोर आर्थिक अवस्था भएका वासिन्दाको घरदैलोमा पुगेर वडा अध्यक्ष रोकायाले सहयोग गरेका छन् ।

dirghayi clinic

वडा अध्यक्ष रोकायाले स्थानीयलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन् । स्थानीयलाई चामल दाल नुन, तेल, खुर्सानी लगायत सामाग्री सहयोग गरिएको छ । सहयोगमा पाउनेमा पदमा सुनार, लीला देवीचन्द्र, जहर सिंह टमटा , गङ्गा न्यौपाने लगायत छन् ।

रोकाया सत्तारुढ एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् । उनी २०७९ मा दोस्रो कार्यकाल अध्यक्ष निर्वाचित भएका थिए । त्यस अघि उनी पहिलो पटक २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

एमालेको दोधारा चाँदनीको राजनीतिमा रोकाया भद्र, इमान्दार र स्वच्छ छविका नेताका रुपमा परिचित छन् ।

 

Himal dental
सम्बन्धित
Loading...