ghar sansar

बिरगञ्ज ट्राफिक कार्यालयमा कार्यरत महेन्द्रनगरका भट्ट असार महिनाका उत्कृष्ट ट्राफिक

khasi

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रहरी निरीक्षक लोकराज भट्टलाई असार महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी अर्थात बेष्ट ट्राफिक पोलिस अफ द मन्थ भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारा अन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्याङ्कनमा भट्ट उत्कृष्ट भएका हुन् ।

dirghayi clinic

भीमदत्त नगरपालिका १८ कटानका उनी ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको निष्कर्ष सहित उत्कृष्ठ घोषणा गरिएका हुन् ।

बीरगंजको जटिल ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उल्लेखनीय योगदान पु¥याउँदै भन्दै उनलाई नगद ६ हजार ३ सय पुरस्कार सहित सम्मान गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...