ghar sansar

निर्देशन खारेजीको माग गर्दै अस्थायी शिक्षकले बुझाए भीमदत्तको शिक्षा शाखा प्रमुखलाई अल्मिटेमट सहित मागपत्र

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरु नगरपालिकाको निर्देशन विरुद्ध उत्रिएका छन् ।

उनीहरु नगरपालिकाले सेवा करार सम्झौता गर्न दिएको निर्देशनको विरोधमा उत्रिएका हुन् । बुधबार उनीहरुले नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशी र शिक्षा विकास तथा समन्वय इकाइको ध्यानाकर्षण गराउँदै निर्देशन खारेज गर्न माग गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

साउन ५ गते नगरपालिकाले स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षक, राहत अनुदान र बालविकास शिक्षक कोटाका शिक्षकको करार नियुक्तिको म्याद थप र करार सम्झौता गर्न निर्देशन दिएको थियो ।

विद्यालयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षक, राहत अनुदान र बालविकास शिक्षक कोटामा कार्यरत शिक्षकहरुको करार नियुक्तिको म्याद थप शिक्षा नियमावली २०५९ को नियम ९७ र नगरपालिका शिक्षा नियमावली २०७९ को नियम ५६ मा व्यवस्था भए बमोजिम करार नियुक्ति म्याद थप र करार सम्झौता गर्न नगरपालिकाले सामुदायिक विद्यालयलाई निर्देशन दिएको थियो ।

नेपाल शिक्षक महासंघ लगायत पेशागत शिक्षक संघ संगठनहरुले पनि करार सम्झौताका नाममा दुःख दिने कार्य नरोकेमा कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

शिक्षकहरुले विरोधमा नगरपालिका परिसरमैं जारी गरिएको निर्देशन च्यातेका थिए ।

Himal dental
सम्बन्धित
Loading...