ghar sansar

उम्मेदवारी दर्तामा झडपछि एफयु केन्द्रीय क्याम्पसको तालाबन्दी खुल्यो, चुनावमा अझै अन्यौल

khasi

महेन्द्रनगर । उम्मेदवारको मनोनयन दर्ताका विद्यार्थी संगठनबीच झडप भएपछि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचनको कार्यालयको ताला खुलेको छ । बुधबार उम्मेदवारी दर्ताका क्रममा तालाबन्दीलाई लिएर विद्यार्थी संगठनबीच झडप भएको थियो ।

काँग्रेस सम्बन्द्ध नेपला विद्यार्थी संघले सशोधिन स्ववियु निर्वाचन नियमावली संशोधन लगायतका माग राखेर तालाबन्दी गरेको थियो । केन्द्रीय क्याम्पस साउन १४ गते निर्वाचन घोषणा गरिएको हो ।

dirghayi clinic

तीन स्वतन्त्र सहित १० विद्यार्थी संघ संगठन दर्ता भए पनि अझै चुनाव अन्यौलमा छ । नेवि संघ र सुदुरपश्चिम विद्यालयका पदाधिकारीविच बिहीबार वार्ता भएपछि तालाबन्दी खुलेको छ ।

नेवि संघ केन्द्रीय सदस्य ईन्द्र साउदले संघका जिल्ला अध्यक्ष नरेश पण्डितमाथि कुटपिट घटनाको छानबिन, उपचार खर्च, नेवि संघका विद्यार्थीमाथि पेट्रोल छर्किएर आक्रमण गर्न खोजेको घटनाको छानबिनदेखि विद्यार्थीका हकहितका विषयमा विश्वविद्यालय सहमत भएपछि ताला खोलिएको बताए ।

बुधबार अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल समाजवादी, बहुमत क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्धातिर तोकिएको १४साउनमै चुनावको माग गरेका थिए । विश्वविद्यालयमा तीन हजार विद्यार्थी मतदाता छन् ।

केन्द्रीय क्याम्पस निर्वाचन समितिका संयोजक कर्णदेव भट्टले सबै पक्षबाट चुनावका लागि शान्तिपुर्ण वातावरण बनाउनु पर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...