ghar sansar

एफयुमा आलोपालो स्ववियु चुनाव अवरुद्ध

khasi

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालया स्ववियु निर्वाचनको संंशोधित निर्वाचन तालिका अनुसार पनि शुक्रबार उम्मेदवारी दर्ता हुन सकेन । साउन १४ गते तोकिएको उम्मेदवारी दर्ताका क्रममा यस अघि मंगलबार विद्यार्थी संगठनबीच झडप भएपछि बिथोलिएको थियो ।

त्यसपछि निर्वाचन कार्यतालिका संशोधित गरेर शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता कार्यतालिका संशोधन गरिएको थियो ।

शुक्रबार संशोधित कार्यतालिका अनुसार पनि उम्मेदवारी दर्ता हुन नसकेको हो । एमाले सम्बद्ध अखिलले मंगलबार उम्मेदवारीका दिन पेट्रोल छकिएएको घट्ना छानबिनको माग गरेपछि उम्मेदवारी दर्ता रोकिएको छ ।

अनेरास्ववियु सुप प्रदेशका सचिव कमल रोकायाले ६ साउनमा क्याम्पस हाताभित्र पेट्रोल लिएर विद्यार्थीमाथि आक्रमण गर्न खोज्नेमाथि कार्बाही गर्न पर्ने माग गरे । अखिलले छलफलका लागि निर्वाचन समितिसित समय माग गरेको थियो ।

dirghayi clinic

बिहीबार जिल्लाका राजनीतिक दलहरुसंग विश्वविद्यालयले गरेको सर्वदलिय बैठक बसेको थियो । बैठकले साउन १४ गते चुनाव सहमति जनाएका थिए ।

नेवि संघ केन्द्रीय सदस्य ईन्द्र साउदले नेवि संघ जिल्ला अध्यक्ष नरेश पण्डितमाथि कुटपिट घटनाको छानबिन, उपचार खर्च, नेवि संघका विद्यार्थीमाथि पेट्रोल छर्किएर आक्र्रामण गर्न खोजेको घटनाको छानबिनदेखि विद्यार्थीका हकहितका विषयमा विश्वविद्यालय सहमत भएपछि ताला बताए ।

‘विश्वविद्यालयले नेवि संघले उठान गरेका माग सम्बोधन गर्ने मौखिक सहमती पछि ताला खोलेका छौँ, ‘उनले भने, ‘हाम्रो चाहना तालाबन्दी गरेर चुनाव भाँडने होईन चुनाव गराएर विद्यार्थीको प्रतिनिधि सिनेटमा पठाएर विद्यार्थीका समस्या सम्बोधन गर्न वातावरण सृजना होस ।’

काँग्रेस सम्बन्द्ध नेपला विद्यार्थी संघले सशोधिन स्ववियु निर्वाचन नियमावली संशोधन लगायतका माग राखेर तालाबन्दी गरेको थियो ।

बुधबार अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल समाजवादी, बहुमत क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्धातिर तोकिएको १४साउनमै चुनावको माग गरेका थिए । विश्वविद्यालयमा तीन हजार विद्यार्थी मतदाता छन् ।

Himal dental
सम्बन्धित
Loading...