ghar sansar

सुडाको राधाकृष्ण मन्दिरमा मंगलबारदेखि महायज्ञ

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ७ सुडास्थित राधाकृष्ण मन्दिरमा श्रीमद्भागत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती लगाउने तयारी गरिएको छ।

मन्दिर समितिले भोज बहादुर शाहीको संयोजकत्वमा महायज्ञ आयोजक समिति गठन गरी महायज्ञ आयोजना गर्न लागेको छ ।

महायज्ञ साउन १३ देखि १९ गतेसम्म आयोजना गर्न लागिएका छ । आयोजक समितिले शनिबार मन्दिरमा पत्रकार सम्मेलन महायज्ञ सम्बन्धि जानकराी दिएको छ ।

पत्रकार सम्मेलनमा महायज्ञ आयोजक समितिका संयोजक भोज बहादुर शाहीले हिन्दू धर्म संस्कृतिको जगेर्ना, पुस्तान्तरण र सुख शान्तिका लागि महायज्ञ आयोजना गर्न लागिएको बताए ।

मन्दिरको संरक्षण विकास र अक्षय कोष स्थापना गर्न महायज्ञ आयोजना गर्ने तयारी गरिएको आयोजक समितिका नरीप्रसाद भट्टले जानकारी दिए ।

dirghayi clinic

स्थानीयले २०४५ मा चन्दा संकलन गरी स्थानीयबाट जग्गा किनेर मन्दिर बनाएका हुन् । यो मन्दिर जीर्ण हुने अवस्थामा पुगेको उनीहरुले बताए । मन्दिरमा यज्ञशाला, विवाह व्रतबन्ध लगायतका संस्कारका लागि संरचना समेत बनाइने जानकारी दिइएका छ । पत्रकार सम्मेलनमा मन्दिरका संस्थापक लगायतका सहभागी भए ।

मन्दिर समितिका अध्यक्ष भुवनहरि अर्यालले सामाजिक सद्भाव र मन्दिरको विकासका लागि महायज्ञ गर्न लागिएको बताए ।

महायज्ञमा पण्डित विष्णु प्रपन्नचार्य (प्रमोद पौडेल) प्रमुख कथा वाचक छन् । यसैगरी मूल पाठक कर्तामा साजन तिवारी छन् । सात दिनसम्म आरती, भजन, झाँकी लगायतका कार्यक्रम हुने छन् ।

मन्दिर समितिका सचिव गणेश अवस्थीले अक्षय कोष स्थापना भएपछि मन्दिरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग पुग्ने बताए ।

समितिले अहिले मासिक रुपमा स्वैच्छिक ५० रुपैँया सहयोग संकलन गरी मन्दिरमा बत्ती बाल्ने लगायतका कार्य गर्दै आएको छ ।

मन्दिरमा दुई महात्मा बस्दै आएका छन् । भक्तजनले मन्दिरमा चढाउने भेटीले पूजापाठ गर्न सहयोग पुगेको अवस्थीले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...