ghar sansar

सिद्धनाथ विज्ञान क्याम्पस प्रमुखमा ढकाल

khasi

महेन्द्रनगर । सिद्धनाथ विज्ञान क्याम्पसको क्याम्पस प्रमुखमा डा. तिलमाया ढकाल खरेल नियुक्त भएकी छिन् । विज्ञान क्याम्पसकी पूर्व विद्यार्थी ढकाल क्याम्पस अध्यापन गराउँदै क्याम्पस नेतृत्वमा पुगेकी छन् ।

ढकाल क्याम्पकी पूर्व स्ववियु सभापति हुन् । उनी २०४९ मा स्ववियु सभापति भएकी हुन् । तीन दशकपछि उनी चार वर्षका लागि क्याम्पस प्रमुख भएकी छन् । त्रिभुवन विश्विद्यालले केही महिना अघि क्याम्पस प्रमुखका लागि आवेदन आव्हान गरेको थियो ।

dirghayi clinic

क्याम्पस प्रमुखमा ढकालको एकल निवेदन परेको थियो । त्यसपछि उनलाई क्याम्पस प्रमुख नियुक्त गरिएको छ । भीमदत्त नगरपालिका ६ ऐंठपुरकी ढकाल वनस्पति शास्त्र शास्त्र विज्ञानका प्राध्यापक हुन् । ढकालले विज्ञान क्याम्पसबाट प्राध्यापन सुरु गरेकी हुन् ।

क्याम्पस प्रमुख ढकालले क्याम्पसको नेतृत्व गर्न सक्ने प्राध्यापकहरुको विश्वास छ । क्याम्पसमा विभागीय प्रमुख, प्राध्यापक संघ सभापति हुँदै उनी त्रिभुवन विश्वविद्यालयको प्राध्यापक संघको केन्द्रीय सदस्यसम्म भएकी छन् ।

ढकाल विज्ञान क्याम्पसको दोस्रो महिला क्याम्पस प्रमुख हुन् । यस अघि बिमला शाक्य क्याम्पस प्रमुख भएकी थिइन् ।

 

Himal dental
सम्बन्धित
Loading...