ghar sansar

सहिद मनोज, झपेन्द्र, सुरेन्द्र, स्मृतिमा छलफल, स्वास्थ्य र करार कर्मचारीले आक्रोश, संशोधनका लागि दबाव दिनु सहभागीको जोड

khasi

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र, स्मृति सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार बेदकोट नगरपालिकामा अन्र्तक्रिया गरेको छ । कर्मचारीमैत्री संघिय, प्रदेश र स्थानीय सेवा ऐनबारे कार्यक्रममा छलफल गरिएको छ ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश अध्यक्ष महादेव जोशीले संगठनको निरन्तर संर्घषपछि ऐन आएको बताए । उनले ऐन ल्याउन सरकारले आनाकानी गरेको बताउँदै तत्काल ऐन जारी गर्न संगठनले खबरदारीसहित दबाव दिएको बताए ।

कार्यक्रममा पेशागत महासंघ नेपाल कञ्चनपुरका सचिव तिलक प्रशाद जोशीले स्थानीय सेवा ऐन करार कर्मचारीमारा भएको दाबी गरे । उनले लामो समयपछि ऐन आउनु स्वागतयोग्य भएपनि करार कर्मचारीका मागलाई न्यायोचित सम्बोधन नभएको बताए ।

संघियताको कार्यान्वयनका लागि करार कर्मचारीको भुमिका महत्वपुर्ण भएको बताउँदै सबैलाई समेट््ने गरि नएआएको उनको भनाई छ ।

बेदकोट नगरपालिकामा कार्यरत सुनिल चन्दले पनि ऐन करार कर्मचारीको हितमा नभएको दाबी गरे । उनले स्थानीय निजामती सेवा ऐनले कर्मचारीको भुमिकाको अवमुल्यन गरेको बताए ।

बेदकोट नगरपालिकाका तर्कराज भट्टले ऐनले कर्मचारीबिच विभेद सिर्जना गरेको बताए । उनका अनुसार ऐनले तहगत मर्यादाक्रममा स्पष्ट गर्न सकेको छैन ।

वेदकोट नगरपालिकामा कार्यरत कर्मचारी तर्कराज भट्टले ऐन बिभेदकारी भएको बताए । उनले कर्मचारीको मर्यादाक्रमबारे स्पष्टता नभएको बताए ।

त्यस्तै बेलडाँडी गाउँपालिकाका कर्मचारी महेश सिंह खत्रीले पाँच वर्षे तहगत वृद्धी हटाएर समायोजन अनुसार तह वृद्धि गनुपर्ने माग राखे ।

“ऐन जारी नगर्न विभिन्न किसिमको षडयन्त्र भईरहेको थियो, अन्तिम समयमा आन्दोलन गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर ऐन जारी ग¥यो, तर ऐन पुर्ण रुपमा कर्मचारीमैत्री रुपमा आउन सकेन ।”

dirghayi clinic

उनले भने “ऐन जारी भएको छ त्यसमा आवश्यक संशोधन र निमावली निर्माणको क्रममा पनि माग सम्बोधनका लागि सरकारलाई दबाव दिन्छौँ ।”

त्यस्तै निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले लामो समयपछि ऐन आउनु स्वागतयोग्य भएको बताए । उनले ऐन पुर्ण रुपमा कर्मचारीमैत्री नभएकाले त्यसमा आवश्यक संशोधनका लागि कर्मचारीसँग छलफल गरिएको बताए ।

उनले कर्मचारीको तहगत मिलान, समायोजन र करार कर्मचारीको विषयमा आवश्यक कुरा ऐनले समेट्न नसकेको बताए ।

उनले कर्मचारी संगठनले निरन्तर दबावका कारण ऐन जारी भएको बताउँदै संगठनले कर्मचारीमैत्री ऐन निर्माणका लागि थप पहल गर्ने बताए ।

ऐन जारी गर्नका लागि संगठनकोतर्फबाट ज्ञापनपत्रसहित आन्दोलनका कार्यक्रम गरिएको बताउँदै उनले भने “करार कर्मचारीको सिमित प्रतिस्पर्धा, स्वास्थ्य कर्मचारीका समस्या सम्बोधन र वृत्ति विकासका लागि निरन्तर काम गछौँ ।”

त्यस्तै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य प्रताप बहादुर चन्दले ऐनमा सुधार आवश्यक रहेको बताउँदै उच्च पदस्थ कर्मचारीकै कारण कर्मचारी मैत्री ऐन नआएको दावी गरे ।

नेताहरुलाई ऐन कानुनका विषयमा चाँसो नदिने र उच्च अहोदामा रहेका कर्मचारीले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा वेवास्था गर्ने गरेको उनको भनाई छ ।

एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले संघियता कार्यान्वयनमा निजामती कर्मचारीको भुमिका महत्त्वपूर्ण भएको बताए ।

उनले संघियताको पुर्ण कार्यान्वयनका लागि ऐन महत्त्वपूर्ण भएको बताउँदै त्यसलाई आवश्यकता अनुसार सुधार गर्दै जानुपर्ने बताए ।

“ हामिले संघियताको अभ्यास गर्न थालेको थोरै समय भएको छ ।““उपाध्यक्ष अवस्थीले भने “अहिले ऐन आउनु सकारात्मक कुरा हो, कर्मचारीको हित विपरीतका कुराहरुलाई संशोधनमार्फत सुधार गर्न सकिन्छ, त्यसकालाई पार्टीले पनि आवश्यक भुमिका निर्वाह गर्छ ।“

 

Himal dental
सम्बन्धित
Loading...