ghar sansar

रेडियन्टमा पोषण सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ स्थित रेडियन्ट माध्यमिक विद्यालयमा पोषण सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रम गरिएको छ । आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत मंगलबार कार्यक्रम गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा १० बर्षदेखि १९ बर्षसम्मका छात्रालाई आइरन चक्की सम्बन्धि जानकारी दिइएको छ । आधारभूत स्वास्थ्य केन्द्र प्रमुख तिलक प्रसाद जोशीले गर्भवती समयमा महिलामा रक्तअल्पताको कारण बिभिन्न स्वास्थ्य समस्या देखिने र महिनावारी हुँदा धेरै रगत बग्ने भएकोले महिलाहरुमा हेमोग्लोविनको कमी हुने हुँदा आइरन चक्की खान सुझाव दिए ।

,orning glory badhai

उनले महिलामा हेमोग्लोविनको मात्रा ११.५ देखि १६.६ सम्म हुनुपर्ने र महिनावारी भएको बेला धैरै पेट दुख्ने, धेरै रगत बग्ने समस्या देखिएमा तत्काल स्वास्थ्य चौकीमा जानुपर्ने बताए ।

रक्त अल्पता हुन नदिन र शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न आइरन चक्की महत्वपूर्ण हुने हुँदा सबैले यसको सेवन गर्नुपर्नेमा समेत स्वास्थ्य केन्द्र प्रमुख जोशीले जोड दिए ।

Himal dental
सम्बन्धित
Loading...