ghar sansar

क्रान्तिकारीका सुदूरपश्चिम इन्चार्ज भट्ट कुटपिट प्रकरणमा विष्ट विरुद्ध ज्यान मार्ने उद्योग जाहेरी दर्ता, अदातबाट पाँच दिन म्याद लिएर अनुसन्धान सुरु

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिरीका सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट कुटपिटमा क्रान्तिकारी कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष भुवन विष्टमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान थालिएको छ ।

आइतबार माओवादी केन्द्रको पार्टी कार्यालयमा अनौपचारिक छलफलका क्रममा विवाद भएपछि विष्टले भट्टमाथि ढुङ्गा प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । भट्टको धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भई रहेको छ ।

,orning glory badhai

घाइते भट्टकी धर्मपत्निले विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि उनी विरुद्ध अनुसन्धान अघि बढेको छ । प्रहरीले विष्टलाई जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ५ दिन म्याद लिएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले विष्ट विरुद्ध जाहेरी आएपछि अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताए ।

आइतबार कुटपिटपछि विष्टलाई पक्राउ गरिएको थियो । विष्टले आफ्नो पनि टाउकोमा चोट लागेर घाइते भएको भनेपछि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनका लागि इन्चार्ज भट्ट महेन्द्रनगर आएका हुन् ।
भट्टको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको नेताहरुले बताएका छन् ।

घाइते भट्ट र विष्ट दुबै गत वर्ष काठमाडौंमा भएका अखिल क्रान्तिकारीको २२ औ महाधिवेशनमा केन्द्रीय उप महासचिवमा चुनाव लडेका थिए । निर्वाचनबाट भट्ट उप महासचिव भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...