ghar sansar

सिद्धनाथ मावि बडैपुरका विद्यार्थीलाई मानव बेचबिखन विरुद्ध सचेतना

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ मा स्थित सिद्धनाथ माध्यमिक बडैपुरका विद्यार्थीहरुका लागि मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । आफन्त नेपाल कञ्चनपुरले विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई कार्यक्रम गरी मानव बेचबिखन विरुद्ध सचेतना दिएको  छ ।

आफन्त नेपाल कञ्चनपुरका कार्यालय प्रमुख भरौसा खतिवडा विद्यार्थीको माध्यमबाट बेचबिखन विरुद्ध सचेतना फैलाउन कार्यक्रम गरिएको बताइन् । विश्वभर जुलाई ३० का दिन मनाइने दिवसको यो वर्षको नारा ‘मानव बेचबिखन संगठित अपराध हो, शोषण अन्त्य गरौं’ भन्ने रहेको छ ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जनक बहादुर चन्दले मानव बेचबिखन जस्तो संगठित अपराधका विषयमा विद्यार्थीहरु सचेत हुनु अत्यन्तै आवश्यक रहेकोले आयोजक आफन्त नेपाल लाई धन्यवाद दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश भट्ट, प्रधानाध्यापक जनक बहादुर चन्द,आफन्त नेपाल कञ्चनपुर शाखा प्रमुख भरौसा खतिवडा,झोलुङ्गे पुल प्रहरी चौकी इन्चार्ज लगायतका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...