ghar sansar

दोधारा चाँदनीमा भीम कुमालको स्वतन्त्र समूहले चलायो सामाजिक ऐक्यबद्धता अभियान

little buddha academy
khasi

महेन्द्रनगर । समाजसेवी भीम कुमाल नेतृत्वको स्वतन्त्र समूहले दोधारा चाँदनी नगरपालिकामा सामाजिक ऐक्यबद्धता अभियान सञ्चालन गरेको छ ।

विपन्न समुदायका वासिन्दाको राज्यका निकायसम्म पहुँच बढाउन, शिक्षा, स्वास्थ्य, रोजगारीमा सहभागिता गराउन र सामाजिक विभेद विरुद्ध जागरण फैलाउन अभियान सञ्चालन गरिएको छ ।

,orning glory badhai

अभियान अन्र्तगत स्वतन्त्र समूहले दोधारा चाँदनी नगरपालिकाका सबै वडाका टोल वस्तीसम्म पुग्ने कार्यक्रम बनाएको छ । स्वतन्त्र समूहका संयोजक कुमाल सहित पदाधिकारी र सदस्यहरु वस्ती टोलमा पुगेर कार्यक्रम गर्न थालेका छन् ।

स्वतन्त्र समूहका संयोजक कुमालले टोल वस्तीमा वासिन्दालाई भेला गर्ने, समस्या संकलन गर्ने, समाधानका लागि छलफल गर्ने र समिति गठन गर्ने लगायतका कार्य भई रहेको जानकारी दिए ।

‘टोल बस्तीमा जनताको कुरा गरि रहेका छौ, एकदमै उत्साह छ, जनतामा व्यापक निराशा छ, वासिन्दाका समस्या घेरै छैन’ कुमालले भने,‘ती सबै समस्या संकलन गरी हामी समाधानको प्रयास गर्र्छौ ।’

dirghayi clinic

कुमालका अनुसार सामाजिक ऐक्यवद्धता अभियानले समान अवसर र अधिकारको प्रवद्र्धन, राजनीतिक सहभागिता र विभेदविरुद्ध चेतना फैलाउने लक्ष्य लिएको छ ।

समान अवसर र अधिकारको प्रवद्र्धन अन्र्तगत सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायमा समान पहुँच सुनिश्चितका लागि गतिविधि सञ्चानन अभियानको लक्ष्य छ ।

राजनीतिक सहभागिता अन्र्तगत गरीब विपन्न, दलित, महिला, अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागीता सुनिश्चित गर्न उनीहरुको आवाजलाई सशक्त बनाउँदै सक्रिय बनाउने लक्ष्य राखिएको छ ।

अभियानले लिएको विभेद विरुद्ध चेतना फैलाउने लक्ष्य अनुसार जातीय, लैङ्गिक, धार्मिक, वर्गीय विभेदका विरुद्ध जनस्तरमा ज्ञान, संवेदना बढाउने र दबिएका वा वञ्चित समुदायलाई सशक्त बनाउँदै उनीहरूको मुद्दालाई राष्ट्रिय बहसमा ल्याउने अपेक्षा गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका १० को निसानी टोलमा गुमान सिंह चदारोको अध्यक्षता एवम् गोरख बहादुर सुनारको संरक्षकत्वमा ५ जनाको टोल समिति गठन गरिएका छन् । समितिमा सोनम सुनार सचिव, मोतिराम सुनार कोषाध्यक्ष र सदस्यमा सपना सुनार, शीतल सुनार र रतन बहादुर सुनार छन् ।

कुमाल नेतृत्वको स्वतन्त्र समूहले २०७९ को निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाको मेयर, उप मेयर सहित सबै वडामा टीम बनाएर चुनाव लडेको थियो ।

स्वतन्त्र समूहका संयोजक कुमाल आफैं मेयरमा चुनाव लडेका थिए । उप प्रमुखमा पार्वती राना (मगर)लाई चुनाव लडेकी थिइन् । सबै १० वडामा वडा अध्यक्ष सदस्य चुनाव लडेका थिए । स्वतन्त्र समूह टीम सहित स्थानीय चुनाव लडेको यो देशभर पहिलो हो ।

Himal dental
सम्बन्धित
Loading...