ghar sansar

भारतबाट नेपालमा काठ तस्करी, दोधारा चाँदनीबाट समातियो सागुन

little buddha academy
khasi

महेन्द्रनगर । भारतीय सीमावर्ती क्षेत्रबाट नेपालमा काठ तस्करी हुने गरेको पाइएको छ । भारतबाट तस्करी गरिएका काठ दोधारा चाँदनीमा भेटिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा तस्करीको काठ बरामद गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय पुगाएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चंभोजबाट सागुन काठका ९ थान गोलिया बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले काठ बरामद गरेको हो ।

,orning glory badhai

प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ त–००४९ नम्बरको ट्राली सहितको ट्रयाक्टरमा काठ लोड गरी ल्याएको अवस्थामा भेटिएको हो ।

प्रहरीले बरामदपछि ट्रयाक्टर सहित काठ अनुसन्धानका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाएको छ ।
बरामद काठ भारतीय सीमावर्ती क्षेत्र नगराको जंगलबाट तस्करी गरी आएको आशंका गरिएको छ ।

नगरा जंगलमा केही दिनदेखि काठ तस्करी गिरोह सक्रिय रहेको सूचना प्रहरीमा पुगेको थियो । त्यसका आधारमा प्रहरीले काठ तस्करीमाथि निगरानी बढाएको थिषे ।

dirghayi clinic

“बिगत केही दिनदेखि भारतको नगरा जंगलमा एक गिरोह सक्रिय देखिएको छ। त्यहाँबाट रातारात काठ काटेर नेपाल भित्याउने कार्य कार्य भइरहेको सूचना थियो’ प्रहरी स्रोतले भन्यो ।

भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा निगरानी बढाएका छन् । काठ तस्करले सीमा क्षेत्रको सुरक्षा निगरानी छलेर कञ्जभोजमा काठ पुगाएका छन् ।

“सुरक्षा कडाईसँगै तस्करहरू नयाँ बाटो खोज्न थालेका छन्, जसको मारमा हामी परेका छौं,” स्थानीयले भने ।

प्रहरीले कञ्ज भोजमा वेवारिशे अवस्थामा काठ भेटाएका हो । त्यसमा संलग्न व्यक्तिहरुको खोजी थालिएको प्रहरीको भनाई छ ।

भारतसित ब्रह्मदेबदेखि डोके बजारसम्म सीमा जोडिएको छ । भारतबाट तस्करीको काठ दोधारा चाँदनी हुँदै नेपालका अन्य जिल्लासम्म पुग्ने गरेको छ ।

भारतीय तस्करले भीमदत्त नगरपालिकाको भुजेला नाकाबाट पनि काठ तस्करी गर्र्द आएका छन् । साल, सागुन लगायत जातको काठ भारतबाट तस्करी हुँदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...