ghar sansar

कृष्णपुर नगरपालिकामा पालिएका दुई चित्तल सम्बन्धि छानबनि गर्न सब डिभिजन बाणीलाई निर्देशन

little buddha academy
khasi

महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरले कृष्णपुर नगरपालिकामा पालिएका दुई चित्तलबारे छानबनि गर्न सब डिभिजन कार्यालय बाणीलाई निर्देशन दिएको छ । डिभिजन वन कार्यालले सब डिभिजन प्रमुख भरत शाहलाई पत्र पठाएर ती दुई चित्तलको अवस्थाबारे सत्यतथ्य छानबिन गरी राय सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

डिभिजन वन कार्यालयले कृष्णपुर नगरपालिकामा अवैध रुपमा चित्तल पालिएको विभिन्न सञ्चार माध्यममा सार्वजनिक समाचारमा ध्यानाकर्षण भएको उल्लेख गर्दै सड डिभिजन बाणीलाई पत्राचार गरेको हो ।

,orning glory badhai
dirghayi clinic

कृष्णपुर नगरपालिका खोर बनाएर दुई चित्तल पालिएका छन् । नगरपालिकाले ती दुई चित्तल घाइते अवस्थामा भेटिएपछि कार्यालयमा उपचारका लागि राखिएको जानकारी दिएको छ ।

राष्ट्रि निकञ्ुज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा वन्यजन्तुको अध्ययन, अनुसन्धान वा व्यवासयिक रुपमा प्रजनन तथा पालन गर्न चाहने व्यक्तिले अनुमति लिनु पर्ने कानुनी व्यवस्था छ ।

डिभिजन वन कार्यालयले नगरपालिकाले चित्तल पालनका ऐन पालना गरेको, चित्तलको हालको अवस्था र चित्तल आएको स्थान सम्बन्धि छानबिन गर्न निर्देशन दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...