ghar sansar

सहिद भीमदत्त पन्तको ७२ औं स्मृति दिवस मनाइयो

little buddha academy
khasi

महेन्द्रनगर । किसान क्रान्तिको अग्रणी नेताका रूपमा चिनिने सहिद भीमदत्त पन्तको ७२ औं स्मृति दिवस एक श्रद्धाञ्जली तथा विचार गोष्ठीमार्फत शहिद भिमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय कञ्चनपुरको आयोजनामा केन्द्रीय कार्यालय महेन्द्रनगर हाताभित्र भिमदत्त प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हरि प्रसाद जोशीको अध्यक्षता र पूर्व उपसभामुख भोजराज जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले सहिद पन्तको योगदानलाई स्मरण गर्दै उनका विचारहरू अझै जीवित रहेको र अहिलेको सन्दर्भमा झन सान्दर्भिक बनेको धारणा राखे ।

,orning glory badhai

कार्यक्रममा संविधान सभा सदस्य पुरन सिह दयाल, पूर्व प्रदेश सभा सदस्य महेश दत्त जोशी, नेकपा एमालेका उपाध्यक्ष जनक राज अवस्थी, नेकपा माओवादीका नेता आनन्द धामी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी लगायत सभागी भए ।

वक्ताहरूले राष्ट्र निर्माणमा अमूल्य योगदान पु¥याएका सहिद भीमदत्तप्रति राज्यको उपेक्षापूर्ण व्यवहारप्रति गहिरो आपत्ति जनाए ।

dirghayi clinic

पूर्वी नेपालका सहिदहरूका नाममा संरचना, संग्रहालय, कार्यक्रम र करोडौं रुपैयाँ बजेट छुट्याइएका छन्। तर सहिद भीमदत्तको सन्दर्भमा सरकार मौन छ। न कुनै स्मारक छ, न कार्यक्रम, न त बजेट नै। सहिदका सपनाको नाममा नामकरण गरिएको भिमदत्त नगरपालिका आफैंले समेत वर्षैपिच्छे उहाँप्रति सम्मान प्रकट गर्ने कार्य नगर्नु दुःखद र आपत्तिजनक विषय हो ।

सहिद भीमदत्त पन्तको जन्म १९८३ साल मंसिर १० गते डडेलधुराको कारिगाउँमा भएको हो। किसान क्रान्तिका योद्धाका रूपमा उभिएर भूमिहीन, श्रमिक र उत्पीडित जनसमुदायको पक्षमा संगठित आन्दोलनको नेतृत्व गरेका पन्त २०१० साल साउन १७ गते आजकै दिन, २७ वर्षको कलिलो उमेरमा हत्या गरिएएको थियो ।

पन्तको हत्या आफ्नै मित (जिगरीदोस्त ) लालबहादुर थापा र भम्भा दयालद्वारा गरिएको षड्यन्त्रपूर्ण र क्रूर घटनाका रूपमा दर्ज गरिएको छ ।

उहाँको टाउको छिन्याएर प्रस्तुत गरिएको यो घटना नेपाली इतिहासमा यति विभत्स छ, जसको घाउ अझै पोखिएको छैन। वक्ताहरूले स्मरण गरे— वहाँ शरीरले आज हामीसँग छैनन, तर उहाँको विचार हाम्रो चिन्तन, चेतना र आन्दोलनमा जीवित छ ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका केन्द्रीय सचिव कर्ण बहादुर चन्दले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष रामचन्द्र शाह, कार्यसमिति सदस्य प्रदीप राना, शारदा भट्ट, चन्द्रा अवस्थी, पार्वती जोशी, नर्मदा कलौनी, खेमराज जोशी, लक्ष्मी ताम्राकार, पद्मराज जोशी, जया दमाई, तिलक प्रसाद जोशी, सुमन चौधरी, सीमा चौधरी, आरती चौधरी, नेहा चौधरी, केसवनाथ योगी, धनबहादुर बोहरा, रनि विवस, बासुदेव भट्ट, पदमसिंह खड्का, मदन गिरी लगायत सहभागी थिए ।

 

Himal dental
सम्बन्धित
Loading...