

महेन्द्रनगर । अब यहींबाट हाम्रो बाटो अलग हुन्छ ।
घाउ उस्तै होला तर खाटो अलग हुन्छ ।।
टाढा पुग्ने छु सायद म नभेटिने गरि ।
धर्ती एउटै भए पनि माटो अलग हुन्छ ।।
शनिबार भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित रोयल क्राउन्ज पार्टी प्यालेशमा आयोजित महाकाली बहुप्राविधिक शिक्षालयका मेडिकल ल्याब टेक्नोलोजी र डिप्लोमा इन फार्मेसी तेस्रो वर्षका विद्यार्थीहरुको विदाई कार्यक्रममा शिक्षालयका विद्यार्थी निलकण्ठ भट्टले माथिको गजल सुनाएर आफ्नो मन्तव्य बिट मारे । गजल वाचन गर्दा तालीले हल गुञ्जियो । तालीसंगै उनीहरुको अनुहारमा मलिनता छायो ।
फार्मेसी तेस्रो तहका भट्टले विद्यार्थीहरुलाई पढाईलाई सर्धै निरन्तरता दिन र कापी किताबलाई जेठाजु नसोच्ने आग्रह गरे । ‘पढाई यस्तो हो, कहिल्यै सकिदैन, पढाई तब सकिन्छ, यो जब काम लाग्छ, कापी किताबलाई जेठाजु नबनाई दिनु होला’ उनले भने, ‘ज्ञान भन्ने कुरा ठूलो शिक्षाका कारण मान्छे अन्तरिक्षमा पुगेका छन् ।’
शिक्षालयका उपाध्यक्ष एबम् भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको प्रमुख आतिथ्यमा विदाई कार्यक्रम गरिएको छ ।

शिक्षालयका प्रथम वर्षका विद्यार्थीहरुले राखेको विदाई कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी लगायत सहभागी भए ।
मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी तेस्रो वर्षका विद्यार्थीहरुको साउन अन्तिमदेखि हुने वार्षिक परीक्षा अघि कार्यक्रम गरी विदाई गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई टिका र खादा लगाएर मायाको चिनो प्रदान गरी विदाई गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लेखक, शिक्षालयका निर्देशन परमल सिह साउँद लगाउतले उनीहरुलाई टिका र खादा लगाएर मायाको चिनो प्रदान गरे ।
शिक्षालयका विद्यार्थीहरुले कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति राखे । कार्यक्रममा उप मेयर जोशीले गरीब जेहेन्दार उत्कृष्ट विद्यार्थीहरुले आफनो आर्थिक अभावले गर्दा उच्च शिक्षाको पढाईलाई रोक्नु पर्ने अवस्था नआउने बताइन् ।
‘यो विदाई कार्यक्रम रहेपनि आफुले यसलाई फेरी भेटौला भन्ने शब्दले उच्चारण गर्न चाहेको छु’ उनले भनिन, ‘यो शुरुवात हो अब आफुले सिकेका र पढेका सिपलाई आफनो जिवनमा आफनो व्यवहारमा लागु गरेर दक्ष व्यक्ती उदाहरणीय व्यक्ति बन्नु होला, जीवनमा ईमान्दर बनेर आफनो घरपरिवारको पनि नाम रहने गरी विभिन्न क्षेत्रमा रहेर देशको जनताहरुको सेवामा लाग्न आग्रह गर्छु ।’
कार्यक्रमको अध्यक्षमा बहु प्राविधिक शिक्षालयका निर्देशक परमलसिंह साउद गरे । उनले बैजनाथ माविबाट सञ्चालन गरिएको शिक्षालय आफ्नै भवनमा सञ्चालन भएर सुदूरपश्चिम प्रदेशमै नमूना शिक्षालयका रुपमा छनौट गरिएको उल्लेख गरे ।
प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा अध्ययन गर्ने ४० जना र डिप्लोमा ईन फार्मेसीका ३० जना गरी ७० जना विद्यार्थी छन् ।
शिक्षालयका प्रशिक्षक चुडामणी शर्मा सञ्चालन गरेको कार्यक्रममा शिक्षालयका संयोजक अम्बिका भट्ट, महेश महरा, डा. गोबिन्द रोकाया, मिन बहादुर लोहार, रामलत्त भट्ट, केशराज ओझा लगायतले मन्तव्य राखेका थिए ।
