

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ लालपुरबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार लालपुरका गणेश बिष्टको घरबाट खैरो हिरोइन बरामद गरी विष्टलाई पक्राउ गरिएको छ । विष्टको घरबाट ५ दशलमव ८६ ग्राम लागु औषध खैरो हेरोइन भेटिएको प्रहरीको भनाई छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी सुडाको टोलीले विष्टलाई पक्राउ गरेको हो । प्रहरी हिरासमा राखेर उनीमाथि अनुसन्धान थालिएको प्रहरी भनाई छ ।

