ghar sansar

कृष्णपुरको नगर अस्पालमा हुँदैछ लाज पनि लजाउने राजनीति

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा ठेक्का भएको पाँच वर्षसम्म नगर अस्पताल निर्माण अघि बढ्न सकेको छैन । नगरपालिकाले अस्पताल बनाउनका लागि ११ माघ २०७७ मा गुलरियास्थित स्वास्थ्य चौकी प्राङगणमा नगर अस्पताल बनाउने ठेक्का गरेको थियो ।

बराह डेभलपर्स प्रालि(राजेन्द्र निर्माण सेवा प्रालि)ले दुई बर्षभित्रै नगर अस्पताल बनाउने सम्झौता गरेको थियो । सम्झौता सकिए पनि अस्पताल निर्माण हुन नसकेको हो ।

,orning glory badhai

५ जेठ २०७८ देखि ४ जेठ ०८० सम्म अस्पताल बनाईसक्ने नगरपालिकासंग ६ करोड, ९९ लाख, ७३ हजार, ६ सय ७६ रुपैया भ्याट सहित सम्झौता गरेको थियो । निर्माण व्यवसायीले नगरपालिकाले उति बेलै साईड दिन नसक्दा काम गर्न छाडेको हो ।

कृष्णपुर नगरपालिका ५का वडा अध्यक्ष एबम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टेक पाण्डेयले नगर अस्पताल निर्माणका लागि कम्तिमा ११ कट्टा जमिन आवश्यक भएपनि उति बेला जमिनको यकिन नगरेर डिपिआर बनाएको बताए ।

‘नगर अस्पतालका लागि चाहिने जमिन भन्दा डिपिआर पनि २ मिटर ठूलो बनाईएको रहेछ, ‘उनले भने, ‘उक्त डिपिआर पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत गराउनुपर्ने भएपनि नगराएरै टेण्डर आब्हानदेखि सम्झौता गर्दा निर्माण कार्य हुन नसकेको बताए ।

dirghayi clinic

‘अस्पताल निर्माणका लागि शुरुवाती चरणदेखि त्रुटीपूर्ण काम भएको पाईयो, ‘उनले भने, ‘त्रृटीपूर्ण सम्झौताकोे अन्तिम टुङगा नलाग्दासम्म निर्माण कार्य अघि बढ्न सकेन, मुख्य विषय ठेकेदारलाई स्पष्ट लाईन दिनसक्दा नै अस्पताल निर्माण कार्य शुरुवात नै हुन नसकेको रहेछ ।’

‘यो नगर अस्पताल बनाउने कार्य २०७८मै ठेक्का भएको रहेछ, ‘उनले भने, ‘हामीले ०७९ मा चुनाव जितेर नगरमा आयौँ, अहिले आएर उनै साथीहरु नगर अस्पताल बनेन भनेर दोष थुपार्दै आएका छन ।’

त्रृटीपूर्ण सम्झौता हुँदा दोषि जति आफूहरुमाथि खनाउने काम भएको भन्दै उनले सुधारका लागि पहल भईरहेको बताए । ‘निर्माण व्यवसायीले पहिलो पेश्की लिईसकेको रहेछ, ‘उनले भने, ‘ठेक्का तोड्दा समेत व्यवसायीलाई लाईन दिन नसक्दा अहिलेसम्म नगर अस्पतालको भवन हामीले बनाउन सकेनौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मा देशभरका ३ सय ९६ पालिका अस्पतालको एकसाथ शिलान्यास गरेका थिए ।
कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन विष्टले डिपिआर अनुरुप जमिन अभाव हुँदा अस्पताल निर्माण हुन नसकेको बताए ।

नगर अस्पताल बनाउन टेण्डर भयो, तर टेण्डरको डिपिआर अनुरुप फिल्डमा जमिन थिएन, ‘उनले भने, ‘जमिन अभावले नै अस्पताल बन्न सकेन ।’

साभार :  जनसरोकार पोट

Himal dental
सम्बन्धित
Loading...