ghar sansar

कक्षा १२ को नतिजाले कतै उत्साह त कतै निराशा, सदरमुकामका कुन विद्यालयको कस्तो छ नतिजा

little buddha academy
khasi

रविन्द्र ओझा

महेन्द्रनगर । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विद्यालयहरुमा अधिकाँश विद्यालय उत्साहित छन् । अपेक्षित नतिजा नआएपछि केही विद्यालयमा निराश छन् । रेडियन्ट माध्यमिक विद्यालय, लिटिल बुद्ध एकेडेमी, आदर्श विद्या निकेतन, महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) , भुवनेश्वरी माध्यमिक विद्यालय सिसैया लगायतका विद्यालय नतिजाले उत्साहित छन् ।

,orning glory badhai

रेडिन्टि माध्यमिक विद्यालयका प्राचार्य त्रिभुवन कुमार भट्टले हालसम्मकै उत्साहजनक नतिजा आएको बताए ।
रेडियन्ट माविका ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रेडियन्टका विज्ञान समूहका लोकेश भट्टले सबैभन्दा बढी ३ दशमलप ९६ जीपीए ल्याएका छन् ।

भट्टको जीपिए सुदूरपश्चिमै सम्भवतः सबैभन्दा बढी हो । ‘हाम्रो नजिता विगतको निरन्तरता र अपेक्षा अनुरुप नै हो, यस पटक जीपीए अहिलेसम्मकै सबैभन्दा बढी आएको छ’ प्राचार्य भट्टले भने, ‘समग्रमा हाम्रो नतिजा राम्रो नै छ । ’

विज्ञान र व्यवस्थापन संकायका गरी ६ सय ११ विद्यार्थीले परीक्षा दिएका थिए । उनीहरुमध्ये ८४ जना ए प्लस ल्याएका छन् । विज्ञानका मात्रै ५ सय ९२ विद्यार्थी परीक्षमा सहभागी भएका हुन् ।

सिद्धनाथ विज्ञान क्याम्पसका पूर्व प्राध्यापक भट्ट दुई वर्षदेखि रेडियन्ट माविको प्राचार्य छन् ।

यो रेडियन्टको २३ आंै ब्याच हो । विद्यालयका शिक्षक महादेब विष्टले देशभरमै सिनियर प्राध्यापक र अधिकाँश पिएचडी उपाधि भएका शिक्षकहरुले अध्यापन गर्ने भएकाले विद्यालय विद्यार्थीको रोजाईमा पर्दै गएको बताए ।

आदर्श विद्या निकेतन ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आदर्शमा व्यवस्थापन संंकायको मात्रै पठनपाठन हुन्छ । आदर्शका १ सय ५३ विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए ।

विद्यालयका सहायक प्राचार्य सीमा जोशीका अनुसार ६ जना ए प्लस, ४५ जना ए र ६० जनाले बी प्लस ल्याएका छन् ।
आदर्शका भुवन सिह धामीले सबैभन्दा बढी ३ दशमलव ७५ जीपीए ल्याएका छन् । त्यसपछि प्रशंसा जोराले ३ दशमलव ६२ छ ।

आदर्शको यो २४ औं ब्याच हो । आदर्शमा व्यवस्थापन, होटल मेनेजमेन्ट र बिजीनेश स्टुडिजको पठनपाठन हुने गरेको छ । २०६२ देखि विद्यालयमा व्यवस्थापन विषयको मात्रै पठनपाठन हुने गरेको छ ।

विद्यालयका सहायक प्राचार्य जोशीले व्यवस्थापन पढेका विद्यार्थी हरेक क्षेत्रमा कामका लाग योग्य हुने बताइन् ।

कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय साधारणका ६१ दशमलव ५ प्रतिशत विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेका छन् ।

साधारणको विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा संकायका ४ सय १९ विद्यार्थीले परीक्षा दिएका थिए । उनीहरुमध्ये २ सय ५८ जना उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायका सुभास ओझाले सबैभन्दा बढी ३ दशमलव ६४ जीपीए ल्याएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले कक्षा १२ को नतिजा अपेक्षित आएको बताए । लिटिल बुद्ध एकेडेमीका बिरेन्द्र बिक्रम शाहले सबैभन्दा बढी ३ दशमलव ८१ जीपीए ल्याएका छन् ।

शाह विज्ञान समूहका हुन् । लिटिल बुद्धमा विज्ञान, व्यवस्थापनको पठनपाठन हुन्छ ।

भीमदत्त नगरपालिका १ स्थित जेसिज माध्यमिक विद्यालयका धनसिह ओडले ३ दशमलव २ जीपीए ल्याएका छन् । उनी व्यवस्थापन समूहका हुन् ।

dirghayi clinic

जानकी कन्या माविका २० जनामधये ८ जना पास भएका छन् । 

मोर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलका प्रिन्सिपल लक्ष्मी महरा बुडालले अपेक्षित नतिजा आएको बताइन् । बिज्ञान विषयका मुकेश भट्टले सबैभन्दा बढी ३ दशमलव ८५ जिपिए ल्याएका छन ।

मोर्निङ्ग ग्लोरीका ९० विद्यार्थीले विज्ञान संकायको परीक्षा दिएका थिए । भृकुटी माध्यमिक विद्यालयका १ सय ४ मा जनामध्ये ४५ जना पास भएका छन् ।

विद्यालयका प्रधानाध्यापक केशर सिह महराले प्रमोद धामीको सबैभन्दा बढी ३ दशमलव ३४ जीपीए आएको बताए ।

भीमदत्त नगरपालिका १८ भाँसीस्थित जनज्योति माविका ९६ जना पास भउका छन् । विद्यालयका १ सय ३२ जना विद्यार्थी परीक्षमा सहभागी भएका थिए ।

जनज्योतिमा व्यवस्थापन, कानुन र शिक्षा विषयको पठनपाठन हुन्छ ।

भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माविका विपिन विष्टले ३ दशमलव २४ जीपीए ल्याएका छन् । उनी कम्युटर कमर्श विद्यार्थी हुन ।

विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथले कक्षा १२ को नतिजा अपेक्षित नै आएको बताए ।

बेदकोट नगरपालिका ६ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयबाट कक्षा १२ मा ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयमा १ सय ४२ विद्यार्थीले परीक्षा दिएका थिए । व्यवस्थापन संकायकी मनिसा भुलले सबैभन्दा बढी ३ दशमलव ४२ जीपीए ल्याएकी छन् ।

विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्यालले विगतको तुलनामा कक्षा १२ को नतिजा सुधार भएको बताए । नतिजा सुधारका लागि विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक दौल्यालले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रविन बोगटी छन् । बोगटी विद्यालयको शैक्षिक र भौतिक सुधारको योजना बनाएर अघि बढेका छन् ।
पछिल्लो समय विद्यालयमा विद्यार्थी संख्यामा सुधार आएको छ। हाल ८ सय हाराहारी विद्यार्थी अध्ययनरत छन् ।

भुवनेश्वरी मावि सुदूरपश्चिम प्रदेश सरकारले नमूना छनौट विद्यालय पनि हो । यस अघि २०८१ को एसइईमा पनि विद्यालयले बेदकोट नगरपालिकामै उत्कृष्ठ नतिजा ल्याएको थियो ।

यसैगरी बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ मा प्राविधिक धारका सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।

बैजनाथ संघ सरकारको नमूना विद्यालय हो । कञ्चनपुरमा सबैभन्दा बढी विद्यार्थी पढ्ने विद्यालयमा बैजनाथ मावि पनि आउँछ । बैजनाथमा नरेश बहादुर सिह व्यवस्थापन समिति अध्यक्ष र नवराज पन्त प्रधानाध्याक छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

कक्षा १२ को परीक्षामा देशभर ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड अर्थात फेल छन् ।

परीक्षाको नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।

Himal dental
सम्बन्धित
Loading...