ghar sansar

सम्झना मृत्यु प्रकरणमा बोल्यो माओवादीको महिला संघ, छानबिन गरी दोषीलाई कारवाही गर्न माग

कारवाही गर्न आनाकानी गरिए आन्दोलनको चेतावनी

little buddha academy
khasi

महेन्द्रनगर । बेल्डाँडी गाउँपालिका–२ की सम्झना भट्टको शंकास्पद मृत्युको विषयलाई लिएर अखिल नेपाल महिला संघ (क्रान्तिकारी), कञ्चनपुरले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मृतक भट्टको मृत्यु कुनै व्यक्तिगत घटना नभई समाजमा गहिरिएको पितृसत्तात्मक सोच, महिलाप्रति हुने विभेदपूर्ण व्यवहार र राज्य संयन्त्रको उदासीनताको नांगो उदाहरण भएको जनाएको छ ।

,orning glory badhai

“सम्झना भट्टको मृत्युले राज्य संरचनामा रहेको महिलाप्रति असंवेदनशील दृष्टिकोण, सुरक्षाको कमजोर प्रत्याभूति र संरचनागत हिंसाको पुनः पुष्टि गरेको छ,“ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघकी कञ्चनपुर अध्यक्ष शान्ति शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महिलामाथि भइरहेका हत्या, बलात्कार, मानसिक तथा पारिवारिक हिंसाजस्ता घटनाहरू सामान्यजस्तै देखिन थालेका छन्, जुन अत्यन्तै चिन्ताजनक अवस्था हो ।”

dirghayi clinic

सम्झना भट्टको मृत्यु गहिरिएको लैङ्गिक असमानताको परिणाम भएको उल्लेख गर्दै संघले घटनामा संलग्न दोषीहरूलाई शीघ्र पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाहीको माग गरेको छ। साथै संघले न्याय नपाएसम्म आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।

“न्यायको सुनिश्चितता नभएसम्म हामी सडकदेखि सदनसम्म संघर्ष गर्नेछौं,” विज्ञप्तिमा भनिएको छ ।

संघले सम्पूर्ण जनसमुदाय, सचेत युवा पुस्ता र महिला अधिकारकर्मीलाई यस्ता घटनाविरुद्ध एकजुट भई आवाज उठाउन पनि आह्वान गरेको छ ।

विज्ञप्तिको अन्त्यमा मृतक सम्झना भट्टप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...