

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ स्थित व्यवसाय परामर्श तथा प्रशिक्षण केन्द्र (बि.सि.टि.सी.) मा तीन महिने (३ सय ९० कार्य घण्टा) बुटीक तालिम समापन भएको छ ।
सिटिईभीबाट सम्बन्धन प्राप्त बि.सि.टि.सि.प्रा.लि.ले कञ्चनपुरमा पहिलो पल्ट सञ्चालन भएको यस तालिममा १३ जना महिला सहभागी भए ।
अहिले बजारमा वढी माग भइ आएको यस तालिमा सहभागीहरुले वजारमा माग भएका वुटीक का प्रकार सीकेको वुटीक तालिमका प्रशिक्षक मोहन दमाईले बताए ।

कम्तीमा तिन महिना कटाई सिलाई तालिम लिएर व्यवसाय गरिरहेका १० जना व्यवसायीहरुलाई लक्षीत गरी सञ्चालन गरीएको तालिममा २५जानाले आवेदन भरेपनि १३ जना सहभागीहरुलाई मात्र प्रशिक्षण गराईएको बि.सि.टि.सी. प्रा.लि. का कार्यकारी निर्देशक केदार प्रशाद भट्टले जानकारी दिए ।

बैशाख १५ गतेदेखि सञ्चालन भएको थियो । २०६५ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत दर्ता भएको यस प्रशिक्षण केन्द्रले हाल सम्म हजारौं जनालाई दक्ष कामदार वनाएर देश भित्र र देश बाहीर विदेशमा रोजगारी अवसर दिइसकेको कार्यकारी निर्देशक भट्टले बताए ।
उनले भने हामीले दक्ष कामदार मात्र नभई दक्ष प्रशिक्षक समेत उत्पादन गरीसकेकोले अव महेन्द्रनगरमा कुनै पनि तालिम सञ्चालन गर्दा वाहीर वाट प्रशिक्षक ल्याउन नपर्ने उनले बताए ।
बुटिक तालिम लिन जिल्ला वाहिर धनगढी अथवा काठमाण्डौं जानु पथ्र्यो आफ्नै सहरमा सिक्न पाउदा खुसी भएको छु सहभागी शारदा भाट कार्कीले भनिन् ।

आफु झलारी वाट आएको मोरो वजार नजीकै आफ्नै सानो कपडा सिउने व्यवसाय छ, अहिले वजारमा वुटीकको माग वढी छ त्यसैले मैले यो तालिम लीएको र अव वुटिकको काम गर्न म दक्ष भएको तालिममा सहभागी खगेश्वरी कुमारी घिमिरेले बताइन् ।
तालिमका अर्का सहभागी शम्झना चौधरी यसै संस्थाले २०७२ सालमा कटाईसिलाई तालिम प्रदान गरेको थियो । उनले भनिन्, मैले राष्ट्रिय सिप परिक्षणको तह २ पास गरिसके सुडामा आफ्नै व्यवसाय गर्दै छु, धेरै पर्खाइ वाट वुटीकको तालिममा सहभागी हुन पाएको छु मलाई आशा छ, हामीलाई अव फेशन डिजाएन सम्वन्धीका तालिम यस संस्थाले प्रदान गर्ने छ ।’
