ghar sansar

कैलाली कारागार कैदीबन्दीको कब्जामा, सहायक सिडिओको नेतृत्वमा बनाइयो छानबनि समिति

little buddha academy
khasi

महेन्द्रनगर । एक जनाको मृत्यु हुनेगरि झडप भएको कैलाली कारागारको घटनास्थल अहिलेसम्म पनि कैदी बन्दीको कब्जामा छ ।

कैलाली कारागारमा बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली पुगेको थियो । कारागार प्रशासनसम्म पुगेको जिल्ला सुरक्षा समितिको टोली कैदी बन्दीले घटनास्थलसम्म जान नदिएपछि फर्किएको थियो ।

,orning glory badhai

चारैबाट सुरक्षा निकायका प्रमुखहरूसहित गएको टोली घटनास्थलमा जान नसकेपछि जिल्ला प्रशासन कार्यालयमा आएर सुरक्षा समितिको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिन्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।

dirghayi clinic

कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ। बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँचजना बन्दी घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए ।

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा गर्ने क्रममा विवाद हुँदा झडप भएको हो। बन्दी सामान्य घाइते छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोकत्वमा छानबिन समिति गठन गरिएको हो। शुक्रबारराति कैदीबिच झडप भएपछि विहान जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त र जिल्ला अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत दीपेन्द्र सिंह छन् । 

Himal dental
सम्बन्धित
Loading...