ghar sansar

दोधारा चाँदनीबाट आएर डाक्टरले पनि मनाए अनाथालयमा रक्षा बन्धन

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनीस्थित नगर अस्पतालका डा. गगनराज चौधरीले महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा आएर बालबालिकासँग रक्षा बन्ध पर्व मनाएका छन् । उनले अनाथालयमा आवश्यक सामाग्री तथा आर्थिक सहयोग प्रदान गरेका छन् ।

dirghayi clinic

कार्यक्रममा अनाथालयका बालबालिकाले डा. चौधरीलाई राखी बाँधी शुभकामना दिए भने डा. चौधरीले पनि बालबालिकालाई मिठाई तथा उपहार प्रदान गरेका थिए ।

,orning glory badhai

बालबालिकासँगको कार्यक्रमपछि डा. चौधरीले आफ्नो घरमा पनि रक्षाबन्धनको माहोल सृजना गरे। उनले आफ्ना दिदीबहिनीहरूलाई विशेष रूपमा बोलाएर राखी बाँध्ने परम्परा निभाए। आपसी माया, स्नेह र भाईचाराको वातावरणमा घरपरिवारले उल्लासपूर्वक पर्व मनाएको थियो ।

उनले भने, “रक्षाबन्धन केवल एक धागो होइन, यो सम्बन्ध, माया र जिम्मेवारीको प्रतिक हो। अनाथालयका बालबालिकासँग यो पर्व मनाउँदा एउटा सामाजिक सन्देश दिन पाउँछु भने दिदीबहिनीहरूसँग मनाउँदा पारिवारिक बन्धन अझ बलियो हुन्छ।” “सामाजिक सेवा र आपसी भाईचाराको भावना जागृत गर्ने पर्व नै रक्षाबन्धन हो। अनाथ बालबालिकासँग यो पर्व मनाउन पाउनु मेरो लागि विशेष अवसर हो।”

Himal dental
सम्बन्धित
Loading...