ghar sansar

कैलालीमा तनावपछि समन्वय प्रमुख बोहरा सरकारी अधिकारीको टोली सहित कञ्चनपुर कारागारमा, कैदीबन्दीले बुझाए १५ बुँदे मागपत्र

little buddha academy
khasi

महेन्द्रनगर । कैलाली कारागारमा कैदीबन्दीका दुई समूहबीच झडप भएर तनावपूर्ण अवस्था आएपछि जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा सरकारी अधिकारी सहितको टोली लगेर कञ्चनपुर कारागार अनुगमन गरेका छन् ।

बोहरा नेतृत्वको अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी सहभागी भएका छन् । यसैगरी अधिकारकर्मी भगवती थापा, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी लगायतले प्रुमख बोहरासित कारागार अनुगमन गरेका छन् ।

,orning glory badhai

dirghayi clinic

अनुगमनमा सहभागी पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीले अनुगनका क्रममा कारागारको भौतिक अवस्था, कैदीबन्दीका समस्या लगायतका विषयमा जानकारी लिइएको बताए ।

हाल कञ्चनपुर कारागारमा ४ सय ७० कैदी बन्दी छन् । उनीहरुमध्ये २ सय ७३ जना पुरुष छन् । कारागारमा सबैभन्दा बढी ९५ जना लागु औषध मुद्दाका कैदी बन्दी छन् ।

कारागारमा अनुगमनका क्रममा कैदीबन्दीले समन्वय प्रमुख बोहरालाई १५ बुँदे मागपत्र बुझाएका छन् । कैदीवन्दीहरुले मागपत्रमा आफुहरुलाई खाना बस्न र शौचालयको उचित व्यवस्थापन नभएको गुनासो गरेका छन् । 

Himal dental
सम्बन्धित
Loading...