

महेन्द्रनगर । बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी सहितको प्रहरी टोलीले भारतबाट लागु औषध ल्याउने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनीहरुबाट १० ग्राम ५ सय ८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–५ गुलरियाका २२ वर्षीय गणेश रावत र सोही ठाउँका २५ वर्षीय टेकराम चौधरी छन् ।
उनीहरु सु.प.प्र.०२–००३ प ८२३१ नम्बरको मोटरसाइकलमा सवार थिए ।

