ghar sansar

दोधारा चाँदनीका वासिन्दाको घरदैलोमै पुग्दै सामाजिक ऐक्यवद्धता अभियान, स्याउली टोल पनि जोडियो

little buddha academy
khasi

महेन्द्रनगर । ‘म यहाँ भोट माग्न आएको छैन, भोटको मलाई कुनै मतलब छैन, चुनावमा तपाईहरुले मन पराउने व्यक्तिलाई भोट दिने हो, यो अभियानलाई भोट माग्न आएको हो भनेर नबुझिनु होला’ दोधारा चाँदनी नगरपालिका १ स्याउले टोलमा सोमबार सामाजिक ऐक्यवद्धता अभियान अन्र्तगत आयोजना गरिएको टोल स्तरीय भेलामा अभियानका संयोजक सामाजिक अभियन्ता भीम कुमालले सहभागीहरुलाई आग्रह गर्दै भने ।

कुमालले आफ्नो मन्तव्यको क्रममा आग्रह गर्ने बित्तिक्कै सहभागी एक महिलाले भनिन्, यतिका सालसम्म यस्तै भो हजुर, हामीलाई विश्वास छैन,अब हजुरलाई पनि हेरुला । अरुसित विश्वास टुट्या हो हजुर । विश्वास गर्छौ ।’

,orning glory badhai

सामाजिक अभियन्ता कुमाल पछिल्लो समय दोधारा चाँदनी नगरपालिकाका वस्तीमा सामाजिक ऐक्यवद्धता अभियान लिएर पुगेका छन् । सोमबार अभियान अन्र्तगत स्याउले टोल टोल गरिएको छ ।

कुमाल नेतृत्वको स्वतन्त्र समूहले दोधारा चाँदनीमा अभियान सञ्चालन गरेको हो । कुमाल स्वतन्त्र समूहका अध्यक्ष हुन् ।

टोलका अगुवा महिला पुरुष सहभागी भेलामा कुमाल सहित सल्लाहकार भक्त बहादुर सुनार, श्याम सिह सुनार लगायतका सहभागी भए । भेलामा स्थानीयले आफ्ना समस्या र गुनासो राखे । भेलाबाट मदन सुनारको संयोजकत्वमा टोलका वासिन्दा संगठित भएका छन् ।

भारतीय सीमावर्ती क्षेत्रको स्याउले टोलद दोधारा चाँदनीको अन्तिम नेपाली बस्तीको रुपमा चिनिन्छ । टोलका डेढ सय वासिन्दामध्ये अधिकाँश दलित समुदायका छन् ।

२०२२ सालदेखि बसेको वस्तीलाई राज्य वेवास्ता गरेको र केही विकास हुन नसकेको वासिन्दाहरु गुनासो गर्छन् । ‘यहाँ केही विकास छैन, हामीलाई कसैले हेरेको छैन’ बस्तीका वासिन्दा ७० वर्षिय भागी लुहारले भने ।

लुहारले पहुँचका आधारमा राज्यले सेवा सुविधा दिएको गुनासो पोखे । आफूले घरसम्म आउने बाटोमा कल्भर्ट हाल्न माग गर्दा सुुनुवाई नभएको तर पहुँचका आधारमा गोठसम्म जान झोलुङ्गे पुल निर्माण गरिएको दुखेसो पोखे ।

‘एक घर गोठका लागि झोलुङ्गे पुल बनाइयो, मेरो घर जाने बाटोमा कल्भर्ट भन्दा मेरो व्यक्तिगत भनेर बनाई दिएन’ उनले भने ।

लुहारले सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्य मन्त्री मान बहादुर सुनार र दोधारा चाँदनी नगरपालिकाका निवर्तमान मेयर बीर बहादुर सुनारले समेत आफूहरुको पीडालाई वेवास्ता गरेको उनले सुनाए । ‘मान बहादुर बीर बहादुर सबैसिसत भने, कही सुुनवाई भएन’ उनले भने ।

टोलका अगुवा वसन्त सुनारले छाडा पशु चौपाया, सिँचाई, बाटोघाटो, बत्ती सबै कुराको समस्या भएको दुखेसो पोखे ।

टोलमा विद्युतका खम्बा भए पनि बत्ती नबल्ने समस्या भएको उनले बताए । पहुँचका आधारमा सिँचाई बोरिङ्ग बाँडिएको दुखेसो उनले पोखे ।

‘यहाँ एक दुई कट्टा जग्गा जमिन हुनेको खेतमा बोरिङ्ग गाडिएका छन्, हामीलाई केही नि छैन, कसैले दिन पनि दिदँैन’ उनले भने ।

सामाजिक ऐक्यवद्धता अभियानमा जाडिएर आफूहरुले राज्यका सेवा सुविधा सम्मान पूर्वक पाउने आश आफूलाई भएको उनले बताए ।

खेतीपाती, मजदुरी र वस्तीमा समान्य व्यवसाय गरी वासिन्दाले जीविकोपार्जन गर्दै आएका छन् ।

स्वदेश रोजगार नपाएपछि युवाहरु मजुरीका लागि भारतका विभिन्न सहर जाने गरेको स्थानीय राजेन्द्र सुनारले बताए । ‘यहाँ केही रोजगार छैन, भारततिर गएर मजदुरी गरी जीविका चलाउँछौ’ उनले भने ।

dirghayi clinic

जग्गा जमिन धितो राखेर सानो तिनो ऋण लिन खोज्दा बैंकले बोर्डरको जमिनमा दिन नमिल्ने भन्दै फर्काउने गरेको उनले बताए । ‘मैले नै ऋणका लागि कति बैंक धाए, बोर्डरको जमिनको भन्दै फकाई दिए’ उनले भने ।

कुमालले विपन्न समुदायका वासिन्दाको राज्यका सेवा सुविधा, राजनीतिक, सामाजिक क्षेत्रमा पहुँच बढाउनु र सबै प्रकारका सामाजिक विभेद विरुद्ध जागरुक बनाउन ऐक्यद्धना अभियान सञ्चालन गरिएको बताए ।

‘यी कमजोर ठाउँका वासिन्दालाई राज्यबाट के कस्ता सेवा सुविधा आउँछन् भन्ने पनि थाह हुँदैन, ती सेवा सुविधाबारे थाहा पाएर त्यसमा पहुँच बढाउन सक्ने बनाउनु पनि हाम्रो लक्ष्य हो’ मन्तव्यका क्रममा कुमालले भने ।

कुमालले सामाजिक ऐक्यवद्धता अभियान राजनीतिक वा राजनीति गर्नका लागि सञ्चालन नगरिएको टोल वासीलाई प्रष्ट पारे ।

‘गरीब समुदाय, पिछडिएको समुदाय, दलित समुदाय छ, यो समुदायको विकास नहुने, राज्यबाट पाउने सेवा सुविधा नपाउने, राज्य सुेवा सुविधा पनि हुुनेखानेले नै पाउने, जसरी यो समुदाय पिछडिएको छ, त्यसैगरी यो सुविधा पनि नपाउने जो स्थिति छ र विकाससका बाटाघाटो पनि नबन्ने जुन छ, तपाईहरुले सुनाउनु भो गोठमा झोलुङ्गे पुल हाल्ने तर यो जुन बाटो आयौ, यो बाटो चाहिँ नबन्ने’ उनले भने, ‘यो किन भएको त, तपाईहरुलाई थाह छ नि अन्याय भाको छ, तर हामी चुप छौ, यो एक हामी सचेत पनि हुनु पर्छ, राज्यले पाउने सेवा सुविधा हाम्रो अधिकार हो, यो समुदाय वर्गले पाउनु पर्छ, त्यसैले हामीहरु आएर केही गर्ने होइन, तपाईहरु आफैं गर्ने हो, त्यसका लागि चेतना हुनु पर्छ, एकता हुनु पर्छ ।’

कुमालले अभियान अन्र्तगत राज्यबाट सेवा सुविधा पाउन वञ्चित सबै वासिन्दाको हक अधिकारका लागि टोल स्तरबाट संगठित गरी नगर स्तरीय समिति बनाइने जानकारी दिए ।

चार महिनादेखि सुरु अभियान अन्र्तगत नगरपालिका अधिकाँश टोलमा भेला बैठक गरिएको जानकारी दिँदै कुमालले टोलपछि वडा र त्यससपछि नगर समिति गठन गरी विपन्न समुदायको सुविधाका लागि संगठित रुपमा राज्यलाई दबाव दिइने बताए ।

अभियानका सल्लाहकार भक्त बहादुर सुनारले सामाजिक ऐक्यद्धता अभियान गरी खाने वर्गलाई एकजुट उनीहरुको हक अधिकार संरक्षणका लागि थालिएको अभियान भएको उल्लेख गरे ।

‘यो गरी खाने वर्गलाई एकजुट गर्ने अभियान हो,गरीका समस्या हल गर्ने कुरा हो, जन चेतना फैलाउने कुरा हो’ उनले भने,‘यी टोल वस्तीका समस्यालाई लिएर हामी वडा, नगरपालिका जनप्रतिनिधिसम्म समाधानका लागि पुग्छौ ।’

अभियानको नाममा भोट बैंक बनाउन लागिएको भन्दै हल्ला फैलाइएको उल्लेख गर्दै सुनारले त्यसमा कुनै सत्यता नभएको बताए ।

‘यो कुनै भोट बैंक बनाउने अभियान होइन, भोट हाल्ने तपाईहरुको अधिकारको कुरा हो’ उनले भने,‘गरीब, निमुखा वासिन्दालाई एकजुट गरी सहयोग गर्ने हाम्रो अभियान हो ।’

टोलका अगुवा मदन सुनारले समाजलाई एकजुट गर्ने, सामूहिक रुपमा समाजको विकास गर्न, सेवा सुविधामा पहुँच बढाउन अभियान आवश्यक भएको बताए ।

अभियानको लक्ष्यलाई तीन तहमा विभाजन गरी टोल वस्ती बैठक र भेला गरिएका छन् । त्यसमा समान अवसर र अधिकारको प्रवद्र्धन अन्र्तगत सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायमा समान पहुँच सुनिश्चितका लागि गतिविधि सञ्चालन गर्ने छ ।

राजनीतिक सहभागिता अन्र्तगत गरीब विपन्न, दलित, महिला, अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्न उनीहरुको आवाजलाई सशक्त बनाउँदै सक्रिय बनाउने लक्ष्य राखिएको छ ।

अभियानले लिएको विभेद विरुद्ध चेतना फैलाउने लक्ष्य अनुसार जातीय, लैङ्गिक, धार्मिक, वर्गीय विभेदका विरुद्ध जनस्तरमा ज्ञान, संवेदना बढाउने र दबिएका वा वञ्चित समुदायलाई सशक्त बनाउँदै उनीहरूको मुद्दालाई राष्ट्रिय बहसमा ल्याउने अपेक्षा गरिएको छ ।

कुमालले स्वतन्त्र समूह बनाएर २०७९ को निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाको मेयर, उप मेयर सहित सबै वडामा  चुनाव लडेको थिए । उनी मेयरमा चुनाव लडेका थिए ।

उप प्रमुखमा पार्वती राना (मगर)लाई चुनाव लडेकी थिइन् । सबै १० वडामा वडा अध्यक्ष सदस्य चुनाव लडेका थिए । स्वतन्त्र समूह टीम सहित स्थानीय चुनाव लडेको यो देशभर पहिलो हो ।

Himal dental
सम्बन्धित
Loading...