

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गणेश खत्री चयन भएका छन् । व्यवस्थापन समिति सदस्यको बैठकबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
अध्यक्ष खत्री अभिभावक भेलाबाट सदस्य चयन भएका हुन् । उनी भीमदत्त नगरपालिका ६ ऐठपुरका वासिन्दा हुन् ।
बैजनाथ ऐठपुर क्षेत्रका सबैभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

बैजनाथ मावि व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष अच्युतराज कmलौनीको गत वर्ष निधन भएको थियो । कलौनीको निधनपछि ज्येष्ठ सदस्यले जिम्मेवारी वहन गर्दै आएका थिए ।

समिति सदस्यमा स्वर्गिय कलौनीकी धर्मपत्नि कमला पन्त सहित सदस्य छन् । पन्त पनि अभिभावक भेलाबाट सदस्य चुनिएकी हुन् ।
अध्यक्षमा खत्री र अर्का सदस्य सन्तोस नेपालीको आकाँक्षा थियो । समिति सदस्य बैठकमा सहमति गरी खत्री अध्यक्ष भएका हुन् । अध्यक्षका आकाँक्षी नेपाली पनि भीनपा ६ का वासिन्दा हुन् ।
शिक्षक प्रतिनिधि सहित सदस्यले समाजसेवी र चन्दादातामध्येबाट दुई सदस्य मनोनित गरेपछि अध्यक्ष चयन प्रक्रिया थालिएको थियो ।
कञ्चनपुरको सबैभन्दा पुरानो विद्यालयमा बैजनाथमा हाल डेढ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने गरेको छ।

