ghar sansar

असोज पहिलो साता सिटी हलमा जेसीज क्षेत्र घ सम्मेलन, देशभरका डेढ हजार बढी जेसी सहभागी हुने

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल जेसिज क्षेत्र घ सम्मेलन आगामी असोज पहिलो साता महेन्द्रनगरस्थित सिटी हलमा हुने भएको छ । १० वर्ष अघि सन् २०१५ मा नेपाल जेसिजको ४२ औं राष्ट्रिय महाधिवेशनमा सिटी हलमा भएको थियो ।

त्यति बेला सिटी निर्माणाधिन थियो । अहिले निर्माण कार्य पूूरा भएर पनि सञ्चालन आउन सकेको छैन । जेसिजले यस पटक फेरि क्षेत्र घ सम्मेलन सिटी हलमा आयोजना गर्ने तयारी गरेको हो ।

,orning glory badhai

जेसीजको क्षेत्र ३ अन्तर्गत नारायणी पश्चिम नेपालका ५८ शाखा छन् । सम्मेलनमा ती शाखाका प्रतिनिधि सहित जेसिज राष्ट्रिय समितिका पदाधिकारी सदस्य र पर्यवेक्षक गरी एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

महेन्द्रनगर जेसीजको आतिथ्यतामा असोज ३ र ४ गते सम्मेलन आयोजना तयारी थालिएको छ । बुधबार पत्रकार सम्मेलन गरी क्षेत्रीय सम्मेलन घ सम्बन्धि जानकारी दिइएको छ ।

‘महेन्द्रनगर जेसीजले ३८ वर्ष पूग्दै गर्दा असोज ३ र ४ गते क्षेत्रीय घ सम्मेलन सुन्दर नगरी महेन्द्रनगरमा आयोजना गर्ने तयारी गरेका छौ’ पत्रकार सम्मेलनमा महेन्द्रनगर जेसीज वर्ष २०२५ का अध्यक्ष राजेन्द्र प्रसाद अवस्थीले भने ।
अध्यक्ष अवस्थीले पत्रकार सम्मेलनमा सम्मेलन सम्बन्धि प्रेस बक्तव्य वाचन गरे ।

दुई दिने सम्मेलनमा सहभागीहरुलाई विभिन्न पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रम गर्ने कार्यक्रम भएको अध्यक्ष अवस्थीले बताए ।

पर्यटकीय स्थलको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी पर्यापर्यटनमा टेवा पुगाउन भ्रमण कार्यक्रम राखिएको छ ।

dirghayi clinic

झिलमिला ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चाँदनी झोलुङ्गे पुल, ब्रह्मदेब मण्डी, रानी ताल, बेदकोट ताल, लिङ्गा, झिलमिला, सिद्धबाबा मन्दिर, बैजनाथ धाम, कलपट्टे मन्दिर, विष्णु मन्दिर साकेतधाम, बतासे झरना, बन्दा ताल, शोभा ताल, प्याराताल, महाकाली नदीको चार लेन पक्की पुल सहितका पर्यटकीय स्थल भ्रमण सूचीमा समावेश गरिएका छन् ।

सम्मेलनमा राष्ट्रिय स्तरमा चर्चित कलाकार पनि सहभागी हुने बताइएको छ । विभिन्न साँस्कृतिक कार्यक्रम, प्रशिक्षण, युवा सम्मान, पर्यटकीय क्षेत्र भ्रमण लगायतका कार्यक्रम सम्मेलनका लागि बनाइएका छन् ।

विभिन्न समिति बनाएर सम्मेलन तयारी थालिएको छ । सम्मेलन निर्देशकमा महेन्द्रनगर जेसीज वर्ष २००६ का अध्यक्ष कृष्ण प्रसाद पाठक छन् ।

महेन्द्रनगर जेसीज वर्ष २०२० का अध्यक्ष हरिश भट्ट सम्मेलन महासचिव र वर्ष २०२१ का अध्यक्ष हरिश प्रसाद भट्ट सम्मेलन कोषाध्यक्ष छन् ।

सम्मेलन तयारीका लागि मञ्च व्यवस्थापन, किट ब्याग तथा मायाको चिनो व्यवस्थापन, स्मारिक प्रकाशन, सुरक्षा एबम् स्वयम् सेवक परिचालन, साँस्कृतिक एबम् प्रभातफेरि, सचिवालय व्यवस्थापन, आवाश व्यवस्थापन, स्वागत सत्कार, भोजन व्यवस्थापन, रजिष्ट्रेसन लगायतका समिति गठन गरिएका छन् ।

पूर्व अध्यक्षहरु मिन बहादुर शाही, चित्राङ्ग थापा, बहादुर थापा, दिपक सिह, पिताम्बर भट्ट, शिवराज भट्ट, नरेन्द्रराज जोशी, सुरशे सिह भण्डारी, प्रेम सिह भाट, निजराजन थापा, सुशिला चन्द, र हेमराज भट्ट सल्लाहकार छन् ।

सम्मेलनमा एक करोड खर्च हुने अनुमान गरिएको छ । सन् १९८७ मा महेन्द्रनगर जेसीज स्थापना गरिएको थियो । सम्मेलनका निर्देशक पाठकलले सम्मेलनलाई भव्य बनाउन सबै पक्षबाट साथ सहयोग अपेक्षा राखिएको बताए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि पाठकले सिटी हल सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सिटी हलमा राखिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...